Comments Add Comment

आधुनिक शिक्षा अभियान देशैभर चलाउनुपर्छः राजु खड्का

Raju-Khadka1

यूएईका जिल्लास्तरीय संस्थामध्येमा एक हो-अर्घाखाँची सम्पर्क समिति । रोजगारीको सिलसिलामा अर्घाखाँची जिल्लाबाट यूएई आएका नेपालीहरुले दुःखसुखमा साथ दिनका लागि सन् २००४ मा उक्त समिति गठन गरेका हुन् । तर करिब आठ वर्ष निष्त्रिmय रहेको उक्त समितिले २०११ सालदेखि सक्रियता देखाएको छ । अर्घाखाँचीमा आधुनिक शिक्षाका अभियन्ता राजु खड्का अध्यक्षमा चुनिएपछि उक्त समितिले नयाँ जीवन पाएको हो । यसै सिलसिलामा अर्घाखाँची सम्पर्क समितिले हालसम्म गरेका सामाजिक कामहरुको चर्चा, त्यसको पृष्ठभूमि र भावी योजनाबारे अध्यक्ष खड्कासँग गरिएको कुराकानीः

तपाईंको व्यक्तिगत र सामाजिक परिचय दिनुहोस् न ?

म सन् २००३ मा अर्घाखाँचीबाट अहिले सम्म लगातार युएईमा रोजगारीको लागि बसिरहेको छु । सामाजिक संघसंस्थाहरु मा म २०११ देखि आबद्ध भई समन्वय गरी अघि बढिरहेको छु । म व्यक्तिगत राजु खड्का भन्दा पनि एक सामाजिक व्यक्ति भन्न रुचाउँछु । राजु खड्का भनेर परिवारले दिएको नामलाइ सामाजिक सेवाको भावले चिनाउन खोज्दैछु । अरुको दुःख वेदनाहरुलाई आफ्नो बनाउन खोज्दैछु ।

अर्घाखाँची सम्पर्क समिति अर्घाखाँची सम्पर्क समिति हामीले पछिल्लो विशेष भेलाले नयाँ समिति बनाएका छौं । यसका विभिन्न इमिरेटमा क्षेत्रीय समितिहरु छन् । पहिला हामीले अबुधाबीमा विष्णु पन्थीको अध्यक्षतामा क्षेत्रीय समिति गठन गरेका थियौ । अहिले फेरि त्यसलाई विघटन गरेर नयाँ समिति बनाउने सुरमा छौँ । त्यसपछि हामीले रास अल खेमामा डिसेम्बर २ तारिख टामलाल पाण्डेको अध्यक्षतामा अर्को क्षेत्रीय समिति गठन गरिसकेका छौं । त्यसै गरी दुबईमा जेपी पोखरेलको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेका छौ भने सारजाहमा महासचिव चिरन केसीको नेतृत्वमा गठन हुने प्रक्रिया अन्तिम अबस्थामा पुगेको छ । दुई ठाउँमा पुरानो त दुई ठाउँमा नया गरी चारवटा क्षेत्रीय समितिहरु छन् ।

सन् २००३ मा युएई आएको मान्छे आठ वर्षपछि २०११ सम्म केमा व्यस्त रहनुभयो ? यो ग्याप कसरी भयो ?

यत्रो बर्ष किन ग्याप भयो भन्ने कुरामा म के भन्न चाहन्छु भने म साधारण कामदारको रुपमा यो देशमा आएको थिएँ । जस्को कारणले गर्दा मैले दैनिक १५ देखि १८ घण्टासम्म काम गर्नुपर्ने हुन्थ्यो । छुटी नगन्य नै थियो । त्यसको कारणले गर्दा म बाहिर निस्किन पाइनँ । जसको कारणले मैले समाजलाई समय दिन सकिनँ ।

बिस्तारै मलाई समाजको आवश्यकता खडि्कन थाल्यो वा समाजको महत्व बुझेर र समाज हाम्रो अभिन्न अङ्ग हो र यसलाई पनि केही सहयोग गर्नुपर्छ भने कुरा सबै चिजले पुग्दै गएपछि र समय पनि मिल्न थाल्यो र म सन् २०११ मा त्यसरी बाहिर गएँ । जब मेरो बुबाको Åदयघातबाट निधन भएपछि मैले महसुस गरेँ कि मान्छेले बाँचुन्जेल मात्र हैन आफ्नो मृत्युपछि पनि आफ्नो नाम राख्ने र गरिब दुःखीको सेवा गर्नुपर्ने रहेछ भन्ने बोध भयो । बुबाको मृत्युपछि समाजले मेरो बुबाको सुकर्मको चर्चा गरेको सुनेपछि समाजसेवा नै उत्तम सेवा रहेछ भन्ने मैले महसुस गरें । र त्यसपछि समाजसेवामा लागेको हुँ ।

अर्घाखाँची सम्पर्क समितिले गर्व गर्न लायक केके कामहरु सम्पन्न गरेको छ ?

हाम्रो संस्थाले धेरै कामहरु गरेको छ । मैले लेखेर राखेको छु । लगभग ६० देखि ७० वटा कामहरु भैसकेको अबस्था छ तर अर्घाखाँची सम्पर्क समिति जहिले युएई को नेपाली सामाजिक वातावरणमा एउटा सहयात्री भएर निक्लियो । त्यसपछि अर्घाखाँची सम्पर्क समितिले युएईका विभिन्न संघसंस्थाहरुसँग समन्वय र हातेमालो गरिरहेको छ । यो सबैलाई अवगत भएकै कुरा हो । अर्घाखाँची सम्पर्क समितिलाई सिधै अर्थमा चिन्दा तपाईंहरुको साथी सम्भिmनुहोस् ।

संघसंस्थाहरु खोल्नुको उदेश्य मानवीय सहयोग र सामाजिक जनचेतना जगाउनु हो । त्यतै गरेर अर्घाखाँची सम्पर्क समिति पनि आफ्नो एउटा परिचय स्थापित गर्न सफल भएको छ । र अहिलेसम्म गरेको त्यस्तो करोडौंको र विशेष काम केही नगरे पनि सामान्य आम नेपालीहरुले भोगेका समस्याहरुलाई सक्दो छिटो समाधान गर्ने कोसिस गर्दैछौं ।

अर्घाखाँची सम्पर्क समिति गठनको पृष्ठभूमि के कस्तो रहेको छ ?

मैले कहिल्यै पनि एउटा चौतारीमा गएर त्यसै बस्न चाहान्नँ । त्यो चौतारीमा कस्ले वरपीपल लगाए ? कस्ले चौतारीको जग खन्यो भनेर जहिले पनि सोध्न मन लाग्छ । सम्मान गर्न चाहन्छु । किनकि बोट ठूलो भएपछि शितलताको लागि छहारीमा बस्ने र हावा खने धेरै व्याक्तिहरु हुन्छ्न् । तर हामीले वास्तवमा चिन्नु पर्ने र सम्मान गर्नुपर्ने व्यक्ति भनेको त्यो बृक्ष रोप्नेलाई हो । मैले सन् २००४ मा अर्घाखाँची सम्पर्क समिति भनेर जन्माउने साथीहरु खिमलाल पाण्डे, नारायण बिसी, चिरन केसी, सम्राट, प्रकाश, रबिलालजी लगायत अरु धेरै साथीहरु हुनुहुन्छ । अहिले आएर वहाँहरु पनि कोही युरोपतिर जानुभयो । कोही नेपाल फर्किनु भयो, कोही हामीसँगै हुनुहुन्छ । त्यसकारण २०११ मा हामीले ६०, ७० जना अर्घाखाँची बासीको विशेष भेला राखियो र त्यही भेलाको सर्वसम्मतले मलाई अध्यक्ष बनायो ।

अर्घाखाँचीमा आधुनिक शिक्षा अभियानबारे प्रकाश पारिदिनुहोस् न ?

आधुनिक शिक्षा एउटा अभियान हो र त्यसको जन्मदाता म भए पनि कुनै पनि अभियान, कुनै पनि संस्था र कुनै पनि संगठनहरुको योगदानमा व्यक्तिगत सिद्धान्तहरु मात्रले काम गर्दैन । यसमा सबैको एकताको एकदमै ठूलो महत्वपूर्ण भुमिका हुन्छ । त्यसैले म कुनै पनि संस्थामा गरेको सहयोग र योगदानको मूल्य म मात्रै लिन चाहन्नँ । यो अहिले सहयोग भनेको सम्पूर्ण अर्घाखाँचीबासी तथा दुबईमा रहेका सम्पूर्ण संघसंस्थाहरुको पनि सहयोग र योगदान छ । अहिले अर्घाखाँचीमा भएका आधुनिक शिक्षा अभियान त्यहाँ मात्रै सीमित नभएर सम्पूर्ण नेपालभरि गर्नुपर्छ र अहिलेको आधुनिक शिक्षाबाट कसैलाई पनि बन्चित गरिनु हुन्न भन्न चाहन्छु ।

यो अभियानले पछिल्लोपटक के गर्दैछ ? अलि शान्त भएको हो या अभियान सम्पन्न भएको हो ?

शान्त भएको हैन, अस्ति वैशाख २ गते एक महिना पहिला पडेनाको श्री सरस्वती उच्च माद्यामिक विद्यालयमा एउटा कम्प्युटर हस्तान्तरण गयौं । अब लगत्तै अरु दुइटा स्कुलमा पनि सहयोग गर्दैछौं । तर त्यति बेला हामीले जुन हिसाबले सहयोग संकलन गरेका थियौ । त्यति बेला त्यो खसै प्रभावकारी ढंगले अघि बढन सकेन, किनकि वैशाख १२ को विनाशकारी भूकम्पले गर्दा देश नै तहसनहस भएकोले हाम्रा सबै सहयोगी हातहरु त्यतातिर लाग्नुभयो र त्यसको कारणले गर्दा हामीले आधुनिक शिक्षामा धेरै संकलन गर्न सकेनौं तर अहिले निरन्तर रुपमा चलिरहेको छ ।

अब आशा छ फेरि पहिलेको जस्तै तीब्रता पाउने छ । कुनै पनि संघसंस्थाहरु एउटा व्यक्ति सुस्ताएर, कुनै परिस्थितिबस केही समयको लागि स्थिर भयो भन्दैमा संस्थाको सपनाहरु स्थिर हुँदैनन् । एउटा व्यक्ति निष्त्रिmय भए अर्को व्यक्ति सकृय भएर फेरि समाजको भलो चिताउने संघसस्थालाई अगाडि बढाउँछन् । यसलाई सुस्ताएको भन्न मिल्दैन केही समय पछि फेरि अगाडि बढ्छ ।

आधुनिक शिक्षा अभियानको पृष्ठभूमि के होला ?

म सन् २००३ मा युएईमा आएको हुँ । त्यतिखेर आउँदा पनि मैले सामान्य कम्प्युटरको ज्ञान लिएको थिएँ । तर, कम्प्युटर इन्जिनियरको प्रमाणपत्र थिएन । त्यसैले म यहाँ सामान्य कामदारको रुपमा लगभग ५ वर्ष काम गरें । यसरी काम गर्ने क्रममा अझैसम्म उमेर छ केही सिक्नु पर्ने रहेछ भन्ने लागेर इन्टेरिअर डिजाइनको कोर्स गरे र साथै कम्प्युटरबाट नक्सा बनाउन पनि सिकें । अनि त्यस पछि मेरो क्षमता वृद्धिसँगै मेरो प्रमोसन पनि भयो । त्यो हिसाबले यदि मैले यी कुराहरु नेपालबाट नै सिकेर आएको भएदेखि २००३ देखि २००७ सम्म कुर्नुपर्ने थिएन भन्ने सोचेर अब आउने भाइबहिनीहरुले त्यस्तो दुःख भोग्न नपरोस् भन्ने हिसाबले हामीले विद्यालयहरुमा कम्प्युटर शिक्षा दिने आधुनिक शिक्षा कार्यक्रम सुरु गरेका छौं ।

raju-khadka2

युएईका केही सदस्यले यहाँबाट पठाएको राहत आफ्नै परिवारका सदस्यको अग्रसरतामा बाँड्छने भन्ने सुनिन्छ । अर्घाखाँची सम्पर्क समितिले केकसरी राहत बाँड्ने गरेको छ ?

तपाईले गरेको प्रश्नमा मैले दुःखचाहिँ मानिनँ । मैले के बताउन खोजेको भने बुबाआमाले गरेको कामको जस् छोराछोरीले नलियोसे र छोराछोरीले गरेको कामको जस् पनि मातापिताकलाई नजाओस् । व्यक्ति जुन संघसंस्थासँग आबद्ध हुन्छ । त्यस्को मानमर्यादा र नीति नियम अलग्गै हुन्छ । मानवीय र सन्तानको आधारमा हक जताउनु परिवार भित्रमात्रै सम्भब हुन्छ ।

कुनै संघसंस्थाहरुमा छोराछोरी वा बुबाआमा भनेर हुँदैन । त्यसमा पद र जिम्मेवारी भन्ने कुरो सबै भन्दा ठूलो हुन्छ । अर्घाखाँची सम्पर्क समितिले राहत पठाउँदा मैलै मेरो परिवारका सदस्यहरुलाई अलग्गै राख्छु । सिडियो, एलडिओ, गाविस सचिवको प्रमुख आतिथ्यमा हाम्रै समितिका पदाधिकारी वा प्रतिनिधित्वको सभावतित्वमा रातह वितरण गरिन्छ । हामीले राहत वितरणको काम चाँडै गर्दैछौं ।

जिल्लामा रहेका हरेक गाविसमा अलगअलग व्याक्तिहरुलाई पठाएर राहत हस्तान्तरण गर्ने हो । राहत वितरण कार्यक्रममा मेरो आमा वा बुबा कहिले पनि म अध्यक्ष रहेको समाजले गर्ने कार्यक्रमको सभापति बन्न मिल्दैन। किनकि मैले एक्लैले गरेको राहत वितरण हैन । तसर्थ, हामीले त्यो कार्यक्रममा सभापति बनाउने भनेको यदि हाम्रै सम्पर्क समितिको तर्फबाट गएको कोही सदस्य भए त्यो हुन्छ । हैन, भने जुन गाविसमा हामीले सहयोग हस्तान्तरण गर्दैछौं । त्यो गाउँको जान्नेमान्ने वा सामाजिक गतिविधिमा क्रियाशील व्यक्तिको रोहबरमा गाविस सचिव वा जिल्ला प्रशासन कार्यालयको प्रत्यक्ष उपस्थितिमा हामीले यस्ता किसिमका कार्यक्रमहरु गर्ने गर्दछौं । प्रायः त्यस्तो ठाउँमा हाम्रो केन्ऽका साथीहरुको उपस्थिति रहन्छ, र यहाँबाट गएका साथीहरुको रोहबर उनीहरुकै अध्यक्षतामा त्यस्तो कार्यक्रमहरु गरिन्छ ।

अर्घाखाँची सम्पर्क समितिले अहिलेसम्म केके कामहरु गरेको छ ?

मोटामोटी रुपमा भन्नु पर्दाखेरी हामीले सबैभन्दा पहिला गरेको काम भनेको, नयाँ आउने व्यक्तिहरुलाई चेतना दिने उद्देश्यले विभिन्न क्षेत्रमा ज्ञापनपत्रहरु बुझाइयो र त्यो काम युएईमा मात्र नभएर नेपालमा पनि गर्यौं । सथै हरेक मन्त्रालयमा गएर मन्त्रीहरूलाई समेत भेटेर र पे्रस विज्ञप्ति मार्फत् पनि जानकारी गराएका थियौं । त्यसपछि अनिश खालिङ्ग राई र अमरबहादुर बमको रिहाईका लागि साथीभाइ मार्फत हातेमालो गरी सहयोग गयाैं ।

त्यसपछि बिस्तारै म र मेरो टिमले गरेको अर्काे काम भनेको केही पाल्पाली साथीहरु अजमानको जलेमा परेका थिएँ । त्यो केसमा म लगभग एक महिना जति धाएर जेलबाट निकाली नेपाल पठाउन सफल भयौं । यी र यस्तै समाजिक काम साथै अभरमा परेकालाई प्लेन टिकट काटेर घर पठाउने लगायत धेरै कामहरु गरेको अबस्था छ । त्यति मात्रै नभएर युएईमा अर्घाखाँचीबासीहरुलाई जुनसुकै बेला परेको समस्यालाई हामीले सुन्ने बित्तिकै साथ दिएका छौं । र अन्य संघसंस्थाहरुसँग सहकार्य गर्दैछौं । त्यस्तै भूकम्पपीडित धादिङ बासीलाई ७० हजार सहयोग गरेका थियौं ।

अहिले अर्घाखाँचीमै भएको आगजनीपीडितहरुका लागि एक चरणमा १ लाख ७५ हजार संकलन गरेर पठायौं । फेरि दोस्रो चरणमा रकम पठाउने तयारीमा छौं । झापाली समाज, लगायत अन्य समाजका साथीहरुले पनि आर्थिक संकलनमा सहयोग गरिरहनु भएको छ ।

अर्घाखाँचीमा आधुनिक शिक्षा अभियानले अहिलेसम्म गरेका कामहरुबारे प्रकाश पारिदिनुहोस् न ?

अर्घाखाँचीमा आधुनिक शिक्षा अभियान आजको विज्ञान र प्रविधिको युगमा हाम्रा हरेक बालबालिका घुलमिल हुन सक्नुपर्छ भन्ने धारणका साथ हामीले जन्माएको एउटा संस्था हो । यो कम्प्युटरको सोचाई कसरी आयो भने तपाईंहरुलाई खुल्दुली लागेको होला । वास्तवमै मैले आफ्नै जिन्दगीमा भोगेको एउटा यथार्थ कि कम्प्युटरको ज्ञान नभएका कारण पछाडि पर्न सकिने भएको तितो सत्यलाई अब आउने पीढींहरुले त्यस्तो खालको समस्याहरु भोग्नु नपरोस् भनेर साथीहरुसँग परामर्श गरी सुरु गरिएको हो ।

लगभग अहिले जिल्लाका ११ वटा स्कुलमा ८५ वटा कम्प्युटरहरु, २ वटा प्रोजेक्टरहरु तथा पि्रन्टर र फोटोकपी मेसिनहरु वितरण गरिसकेका छौं । त्यसरी हामीले वितरण गरेको सामाग्री अहिले दैनिक जसो हरेक स्कुलमा धेरै विद्यार्थीहरु लाभान्वित भइरहेका छन् । त्यसरी हेर्दा अहिले हामीले ५ सय ५० जना बालबालिकाहरुलाई निःशुल्क कम्प्युटर सिकाइ रहेका छौं ।

rajuu-khadka-455युएईका अर्घाखाँचीबासीहरु केकतिको संख्यामा हुनुहुन्छ ? अर्घाखाँची सम्पर्क समितिले केही तथ्यांक राखेको छ ?

सबैभन्दा पहिलो उद्देश्य भनेको नै आफ्ना जिल्लाबासीहरु कतिको संख्यामा छन् भनेर तथ्यांक ंंकलन गर्नु हो र म पनि त्यो कार्यमा सुरु देखिनै लागेको हुँ । राहत संकलनसँगसँगै यसलाई पनि अभियान बनाएर फेरि संकलन गर्ने कार्य जारी छ । अहिलेको तथ्यांक अनुसार ६हजार ५०० को हाराहारीमा अघाँखाँचीबासीहरु युएईमा रहेको हाम्रो अनुमान छ ।

अर्घाखाँची सम्पर्क समितिको भावी रणनीति केके छन् र कस्ताकस्ता कार्यक्रमलाई अगाडि बढाउनु भएको छ ?

सान्दर्भिक प्रश्न राख्नुभएकोमा धन्यवाद । हाम्रो भावी योजनाको बारेमा भन्नुपर्दा सबै भन्दा पहिला त आफ्ना जिल्लाबासीहरुलाई एक बनाएर वहाँहरुको सुख दुःखको एउटा साझा चौतारी बनाउन सफल होइयोस् भन्ने चाहना छ । अरु जिल्लाबासीहरुले पनि यसरी नै सोच्नुपर्छ । हाम्रो लक्ष्य पनि युएईमा रहेका सम्पुर्ण अर्घाखाँचीबासीहरुलाई एकजुट बनाउने हो । र वहाँहरुका हरेक दुःखसुखमा हातेमालो गर्ने हाम्रो योजना रहेको छ । त्यसपछि हाम्रो भावी योजना भनेको जिल्लामा आइपरेका समस्याहरुलाई समस्याहरुलाई सक्दो सहयोग गर्ने नै हो । मानवीय र समाजिक जनचेतना जगाउने कार्यक्रम पनि छ ।

हाम्रो अबको अर्को प्लान भनेको यो राहत संकलनपछि, अनलाइन स्वास्थ जनचेतना शिविर राख्ने योजना बनाइरहेका छौं । गर्मीको समय भएकोले सामाजिक सञ्जालहरुबाट कसरी स्वास्थ्यकर जीवन बिताउन सकिन्छ भन्ने भावनाले जनचेतनामूलक स्वास्थ्य कार्यक्रम लिएर आउँदैछौं ।

अर्घाखाँची सम्पर्क समितिमा महिलाहरुको अवस्था केकस्तो रहेको छ ?

समाजले खोजेको पनि महिला र पुरुषलाई बराबर बनाउने हो । पदीय दृष्टिले पनि हाम्रो समाजमा सहकोषाध्यक्ष पनि महिला नै हुनुहुन्छ र तीन जना केन्ऽीय सदस्यहरु पनि महिलाहरु नै हुनुहुन्छ । क्षेत्रीय समितिहरुमा पनि महिलाको सहभागिता छ । सम्पुर्ण समितिहरुमा हामीले महिलाहरुको उपस्थिति गराउन खोजिरहेका छौं । वास्तवमा परदेशको ठाउँमा महिलाहरुलाई त्यति बाहिर हिंडन र डुल्न गाह्रो छ । कामको प्रकृति, उनीहरुको छुटीका कारण सबै महिला मित्रहरु सक्रिय हुन सम्दैनन् । तसर्थ संस्थमा हामीले सरसल्लाह र निर्णयमा वहाँहरुको बिचारलाई कदर गर्दै क्षमताको आधारमा वहाँहरुलाई भूमिका दिएका छौं ।

युएईबासी नेपालीहरुलाई अर्घाखाँची सम्पर्क समितिबाट कस्तो सन्देश दिन चाहनुहुन्छ ?

युएईको सेरोफेरोमा सामाजिक संजाल र सामाजिक संघसंस्थाहरुको सम्बन्ध भनेको चेतनामूलक र सबैलाई फाइदा हुने खालको होस् । हामीले यहाँ धर्म, कानुन, जनता तथा यहाँका प्रशासनिक निकायलाई सम्मान गरौं । यहाँको कानुनलाई र यहाँको वातावरणलाई असर पर्ने खालको व्यबहार नगर्नु होला । हामीले आफ्नो नोकरी हुन्जेल मात्र सामाजिक संस्था छ्न भन्ने नसोचेर म रहुन्जेल सामाजिक संस्था रहन्छ भन्ने सोचेर अघि बढ्नु होला । हामी जहाँ गए पनि समाजको आवश्यकता पर्दछ । त्यसैले सबैले मित्र बनाउने कोसिस गर्नुहोला । हुन त सामाजिक काममा लागेपछि आफ्नै समाजमा डाहा गर्नेहरु हुँदा रहेछन् । ती सबैबाट सचेत भएर अघि बढ्न सन्देश दिन चाहन्छु ।

प्रस्तुतिः आरपी सहयात्री/इन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment