Comments Add Comment

सर्पले डसेर रौतहटमा एक महिलाको मृत्यु

Snake
फाइल फोटो

२५ जेठ, रौतहट । रौतहटको गौरमा बिषालु सर्पले डसेर मंगलबार एक महिलाको मृत्यु भएको छ । गोठबाट दाउरा निकाल्ने क्रममा सर्पले आक्रमण गरेको थियो ।

रौतहट सदरमुकाम गौर नगरपालिका वडा नम्बर १० सपगढाकी ५६ बर्षीया तेतरी खातुनको हातमा विषालु सर्पले मृत्यु भएको हो ।

विहान घरमा खाना पकाउनको लागि गोठवाट दाउरा निकाल्ने क्रममा खातुनको दाहिने हातमा विषालु गोमन सर्पले डसेको थियो । खातुनको हातमा सर्पले डस्ने बित्तिकै आफन्तले उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर पुर्‍याएका थिए ।

सर्पदंशका कारण गम्भीर भएकी खातुनको उपचारका क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको हो । खातुनलाई एण्टी स्नेक भेनम को पाँच भायल इन्जेक्सन दिएपनि अत्यधिक मात्रामा विष फैलिएको कारण मृत्यु भएको जिल्ला अस्पताल गौरले जनाएको छ ।

चर्को गर्मी संगै जिल्लामा सर्पदंशका विरामीको संख्यामा समेत वृद्धि हुदै गएको छ । जिल्ला अस्पताल गौरमा अहिले दैनिक पाँच देखी सात जनासम्म सर्पले डसेको विरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment