Comments Add Comment

ताप्लेजुङका युवा व्यवसायीक बन्दै

farnichar२६ जेठ, ताप्लेजुङ । ताप्लेजुङको विकट खेवाङ गाविसका स्थानीय युवा फर्निचर पेशा तर्फ आकषिर्त भएका छन् । गाउँमानै विद्युत उत्पादनसँगै काठका फर्निचरको माग बढेपछि उनीहरु यसतर्फ आकषिर्त भएका हुन् ।

गाउँमानै फर्निचरका लागि आवस्यक काठ प्रसस्त पाईने र निर्माणका लागि विद्युतिय सामागि्र पनि चलाउन सकिने भएकाले यस गाविसका युवाहरु यो पेशा तर्फ आकषिर्त भएका हुन् ।

बाक्लो बस्ति भएको यस गाविससम्म मोटरबाटो समेत नपुगेकाले गाउँमा आवस्यक फर्निचर खरिद गर्न समस्या भईरहेको समयमा स्थानीय युवाले बनाएका काठका सामानको विक्रि समेत राम्रौ हुने स्थानीय युवा सन्तोस लिम्बुको भनाइ छ ।

घरेलु तथा साना उद्योग समितिको कार्यालय ताप्लेजुङको सहयोगमा आत्म निर्भरता अभियान श्री नेपाल विराटनगरले फर्निचर व्यवसायी शिप विकास तालिम दिएपछि यस पेशामा लाग्न युवाहरुलाई थप प्रेरणा दिएको लिम्बुको भनाइ छ ।

अहिले युवाहरुले सामुहिक रुपमा काठ खरीद गरी घरमा आवस्यक टि-टेवल, टेवल, डेक्स, बेन्च, कुर्सि, चुरिस्टेन्ड र टुल लगायतका सामान बनाउदै आएका छन् । यस्ता सामानको माग गाउँमा बढि रहेको उनीहरुको भनाइ रहेको छ ।

1 photo farnicharगाउँमा प्रसस्त मात्रामा गुणस्थरीय काठ पाईने र युवाहरुको समेत फर्निचर बनाउने चाहना रहेकाले उनिहरुलाई व्यवसायिक बनाउन विराटनगरबाटनै प्रशिक्षक झिकाएर तालिम दिएको आत्म निर्भरता अभियान श्री नेपालकि ताप्लेजुङ कार्यक्रम संयोजक तारा गुरागाईले बताईन् ।

ताप्लेजुङको आम्बेगुदिन हुँदै यो गाविस सम्म मोटरबाटो लैजान सुरु भएकाले भविष्यमा यस गाविसमा उत्पादन गरेको फर्निचरका सामागि्र ताप्लेजुङ सदरमुकाम र गणेश चोक हुँदै पाँचथरको फिदिमसम्म पनि विक्रि गर्न सकिने देखिएकाले युवाहरु व्यवसायिक बन्ने सम्भावना रहेको घरेलु तथा साना उद्योग समितिको कार्यालय ताप्लेजुङका प्रमुख नविन पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment