Comments Add Comment

यो हो विश्वको सबैभन्दा पुड्को जोडी (फोटो फिचर)

World's shortest couple1उनीहरु दुबैको उचाइँ ३ फिटभन्दा अग्लो छैन । यो जोडी दुनियाकै सबैभन्दा पुड्को जोडी हो । तर यो जोडीले उचाइ प्रेम र सम्बन्धमा बाधक हुँदैन भन्ने कुरा प्रमाणित गरिदिएको छ ।

ब्राजिलका पाउलो ग्राबि्रयल डा सिल्भा र क्याटिउसिया होसिनोको उचाई क्रमशः ३४.८ र ३५.२ इन्च छ । विश्वको सबैभन्दा पुड्को जोडीकेा रुपमा गिनिज बुकमा नाम लेखाउने तयारी गरिररहेको यो जोडीको १० वर्षअघि सोसल मिडियामा भेट भएदेखि सम्बन्ध सुरु भएको रहेछ । त्यसपछि उनीहरुले एमएसएन मेसेन्जरमा च्याट गर्न थालेछन् ।

३० वषर्ीय पाउलो, जो निकै दुर्लभ मानिने डायस्ट्रोफिक डिस्प्लाजिया ड्वाफिर्ज्मबाट ग्रसित छन् १० वर्षअघि होसिनोलाई पहिलोपटक देख्दा नै माया बसेको बताउँछन् ।

मन परेपछि पाउलोले होसिनोलाई पर्पोज ठोकिहाले । तर होसिनोलाई मन परेन । उनी पाउलोसँग लभ गर्ने मूडमा थिइनन्, त्यसैले मेसन्जरमा उनलाई ब्लक हानिन् ।

World's shortest couple2तर १८ महिनापछि होसिनोले पाउलोलाई अनब्लक गरिन् र कथाले अर्कै मोड लियो । होसिनोले अनब्लक गरेको केही मिनेटमै फुरुंग हुँदै पाउलोले हेलो भनिहाले । दुइ महिनापछि पाउलो १८६ किमी दूरी यात्रा गर्दै लोन्डि्रनास्थित होसिनोको घर पुगे । ४ दिनसम्मको छलफल पछि त उनीहरु डेटिंगमै मस्त हुन थाले । त्यसको ४ वर्षपछि उनीहरु सँगै बस्न थाले ।

पाउलो आफ्नो पहिलो प्रेमी भएको र ऊसँग भएका कुराहरु आफ्नोलागि पहिलो अनुभवको रुपमा रहेका होसिनो बताउँछिन् ।
अहिले होसिनोले आफ्नै ब्युटी पार्लर खोलेकी छिन् भने पाउलो कानूनी सहायकको रुपमा काम गर्छन् । आफ्नो सहर इटापेभाको मेयर बन्ने लक्ष्य छ पाउलोको । तस्वीरमा हेरौँ यो जोडीको रमाइलो दैनिकी

World's shortest couple3 World's shortest couple4 World's shortest couple5 World's shortest couple6 World's shortest couple7 World's shortest couple8 World's shortest couple9 World's shortest couple10 World's shortest couple12 World's shortest couple11

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment