Comments Add Comment

आमाको पेटमा बच्चाको सट्टा स्पोर्ट्स कार !

३२ जेठ, काठमाडौं । भारतको नयाादिल्लीमा एउटा आमाको कोखमा बच्चाको सट्टा स्पोर्ट्स कार भेटिएको छ । ती महिलाका पतिले सामाजिक सञ्जालमा फोटो हालेपछि घटना बाहिर आएको हो ।

Ultra-Sound,भारतीय अनलाइन अमर उजालाका अनुसार पछिल्लो दुई वर्षदेखि यी दम्पत्ति बच्चाको आशमा थिए । पत्नीले वाइवीएफ पद्धतिमार्फत छोरीलाई जन्म दिएकी थिइन् । छोरी ६ महिना हुादा उनी फेरि गर्भवती बनेकी थिइन् । यी दम्पत्तिले पेटमा छोरा छ कि छोरी भनेर हेर्न अल्ट्रासाउण्डको सहारा लिएका थिए ।

अल्ट्रासाउण्डमा बच्चाको ठाउँमा स्पोर्ट्स कार देखिएपछि यी दम्पत्ती अचम्मित बनेका थिए । उनीहरुले एक पटक नभई दुई पटक अल्ट्रासाउण्ड गरेका थिए ।

बाबुले चर्चा पाउन अल्ट्रासाउण्डको फोटोलाई बंग्याएर कारको फोटो हालेको भन्ने पनि मानिसहरुको अनुमान छ । कतिपयले अस्पतालकै कुनै स्टाफले यो काम गरेको भन्ने अनुमान पनि लगाएका छन् । खैर, जे होस् यो समाचार आए लगत्तै सामाजिक सञ्जालमा यसबारे रमाइला कमेन्टहरु पनि आउन थालेका छन् ।

sports-car

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment