Comments Add Comment

सांसद उम्मेदवारको घोषणा, चुनाव जिते हरेक घरलाई १० लिटर रक्सी

भारतमा अहिले लोकसभा चुनावको माहोल तातेको छ । उम्मेदवारहरुले आफ्ना मतदातालाई आकर्षित गर्नका लगि अनेक तिकडम गरिरहेका छन् । यसैबीचमा तमिलनाडुका एकजना उम्मेदवारले अनौठो खालको अफर घोषणा गरेका छन् ।

स्वतन्त्र रुपमा उम्मेदवारी दिएका एक उम्मेदवारले आफुले चुनाव जितेमा सबै मतदाताको घरमा १०–१० लिटर रक्सी सित्तैमा दिने घोषणा गरेका छन् ।

पेशाले सूूचिकार रहेका ५५ वर्षका शेख दाउद तीरुपुर लोकसभा क्षेत्रबाट चुुनावमा उठेका छन् ।

उनले आफ्नो चुनावी घोषणापत्रमा विभिन्न १५ वटा बुँदा राखेका छन् । घोषणापत्रमा महिलाका लागि विशेष व्यवस्था गरिएको छ । आफुले चुनाव जितेमा निर्वाचत क्षेत्र भित्रका हरेक महिलालाई मासिक २५ हजार भत्ता दिने घोषणा पनि उनको छ ।

साथै उनले आफुले हरेक परिवारका लागि १०लिटर रक्सी दिने पनि घोषणा गरेका छन् । आफुले मानिसहरुलाई बिगार्नका लागि रक्सी बितरण गर्ने योजना नबनाएको भन्दै उनले पुड्डुचेरीको शुद्ध ब्राण्डी रक्सी औषधि जस्तै हुने हुनाले हरेक महिना रक्सी वितरण गर्ने उनको भनाइ छ ।

साथै उनले घोषणापत्रमा हरेक परिवारका एक जनालाई सरकारी जागिर दिने, हरेक छोरीलाई बिहेको बेला १० वटा सुनक ासिक्का र १० लाख नगद दिने जस्ता घोषणा पनि गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment