Comments Add Comment

मोदीविरुद्ध लड्दै १ सय ११ किसान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध १ सय ११ जना किसानले चुनाव लड्ने भएका छन् । आगामी लोकसभा चुनावमा बनारस लोकसभा सिटमा मोदीविरुद्ध तमिलनाडुका १ सय ११ जना किसानले चुनाव लड्ने निर्णय गरेका हुन् ।

किसान नेता पी अयाकन्नूले बनारसका जनतालाई देशका किसान कस्तो हालतमा बाँचिरहेका छन् भन्ने कुरा देखाउन चाहेको बताएका छन् ।

तमिलनाडुबाट बनारस आएर चुनाव लड्ने निर्णय गरेका १ सय ११ जना किसान समूहका नेता पी अयाकन्नूका अनुसार उनी दक्षिण भारतीय नदी लिंकिंग किसान संघका प्रदेश अध्यक्ष हुन् र कृषि उत्पादनको उचित मूल्यको माग गर्दै उनको समूहले हालै दिल्लीमा गएर प्रदर्शन गरेको थियो ।

जन्तरमन्तरमा प्रदर्शन गर्नेक्रममा किसानहरुले अर्धनग्न भएर जिउमा मानव खप्परका माला लगाएका थिए । ती खप्परहरु आत्महत्या गर्ने किसानमा भएको दाबी उनीहरुको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment