Comments Add Comment

सिजी नेक्स्ट जेनेरेसन सुजुकी ब्राण्ड शो-रुम सञ्चालन

suzuki (1)

१ असार, काठमाडौं । चौधरी समूहअन्तर्गतको सिजी मोटोकोर्पले ललितपुरको पुल्चोकमा सिजी नेक्स्ट जेनरेसनको अत्याधुनिक शो-रूम सञ्चालनमा ल्याएको छ । शो-रूमको सिजी नेक्स्ट जेनका कर्पोरेट प्रबन्ध निर्देशक अरुण कुमार चौधरी र मारुती सुजुकी इन्डियाका कार्यकारी निर्देशक सशांक श्रीवास्तवले उद्घाटन गरे ।

सुजुकी मोटर्सले नेपाली अटो बजारमा सबैभन्दा ठूलो हिस्सा ओगट्न सफल भएको छ । ‘ग्राहकले गाडी किन्दा धेरै गर्व महशुस गर्नका साथ उच्च सेवाको आकांक्षा राखेको हुन्छन्’ प्रबन्ध निर्देशक चौधरीले भने- ‘ग्राहकको यो मनसायलाई ध्यानमा राखी सिजी मोटोकर्पले सिजी नेक्स्ट जेन सुरु गरेको हो ।’

suzuki (2)

सिजी नेक्स्ट जेनमा नेपालको कुशल सेल्स प्रतिनिधीले ग्राहकलाई विश्वस्तरीय सेल्स अनुभव प्रदान गर्ने बताइएको छ । कम्पनीका अनुसार सिजी नेक्स्ट जेनमार्फत ग्राहकले प्रिमियम माहौलका साथ उच्चस्तरीय सेवा प्राप्त गर्नेछन् ।

सिजि नेक्स्ट जेनको कार्यकारी निर्देशक करण चौधरीले ग्राहकलाई उच्च अनुभव र विश्वस्तरीय सेवा प्रदान गर्ने उच्च प्राथमिकता राखेको हुनाले सिजी नेक्स्ट जेन अरु कम्पनीको शो-रुमभन्दा फरक हुने दाबी गरे ।

कम्पनीले आगामी दुई बर्षभित्रमा मुलुकका प्रमूख शहरहरु खासगरी वुटवल, पोखरा, नारायणघाट र विराटनगर लगायतका स्थानमा सुजुकी नेक्स्ट जेनेरेसन व्राण्ड सेन्टर सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

suzuki (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment