Comments Add Comment

सशस्त्र प्रहरीबाट बलात्कृत महिलाको उपचारको जिम्मा सरकारले लियो

Kapilbastu
पीडित पक्षसाग महिला आयोगका पदाधिकारी

२ असार, कपिलबस्तु । गत जेठ ३० गते सशस्त्र प्रहरीका जवानबाट सामूहिक बलात्कारको शिकार भएकी अपांग महिलाको उपचार सरकारले गर्ने भएको छ ।

राष्ट्रिय महिला आयोगकी कार्यवहाक अध्यक्ष भगवती घिमिरेेले पीडित परिवारलाई भेटेर उनको उपचार महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले गराउने बताइन् । घटना भएको ५ दिनपछि उनको उपचारमा सरकारी पक्ष सक्रिय देखिएको हो । अध्यक्ष घिमिरेले घटनाको सत्य तथ्य अनुसन्धान जारी रहेको भन्दै दोषीलाई कुनै पनि हालतामा नछोड्ने दृढता व्यक्त गरिन् ।

विभिन्न अनलाइन, पत्रिका, टेलीभिजनवाट खबर पाएपछि आफुहरु घटनाबारे बुझ्न आएको बताउँदै उनले यस अपराधमा संग्लग्न दोषिलाई कारबाहीको दायरामा ल्याउन महिला आयोग र ब्यक्तिगत तर्फबाट कुनै कसर बाँकी नराख्ने आश्वासन दिइन् ।

बलात्कृत महिलाको उपचारका लागि सरकारले सहयोग गर्ने भएपछि अतिविपन्न बरिवारलाई निक्कै राहत मिलेको छ । स्थानीय अगुवा मोहन अधिकारीले सरकारको स्वागतयोग्य कदम भएको भन्दै दोषिलाई कानुनी दायरामा ल्याउन पनि यस्तै क्रियाशीलता देखाउन महिला आयोगका पदाधिकारीलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment