Comments Add Comment

हुवावेले वाईथ्री टु स्मार्टफोन नेपाली बजारमा ल्याउँदै

Huawei-Y3II-final-2

२ असार, काठमाडौं । हुवावे कञ्जुमर ग्रुपले नेपाली बजारमा नयाँ स्मार्टफोन ल्याउने भएको छ । कम्पनीले यही शुक्रबार नेपालमा हुवावे वाईथ्री टु स्मार्टफोन सार्वजनिक गर्ने भएको हो ।

नेपालका मध्यम वर्गिय स्मार्टफोन ग्राहकलाई मध्यनजर गरी नयाँ मोडल ल्याउन लागेको कम्पनीले जनाएको छ । यो स्मार्टफोनको मूल्य नेपाली बजारमा ९ हजार रुपैयाँ पर्ने बताइएको छ ।

यसमा १.३ गीगाहर्ज क्वार्डकोर प्रोसेसर, १ जीबी र्‍याम, ८ जीबी आन्तरिक मेमोरी रहेको छ । स्मार्टफोनको अगाडि ३ मेगापिक्सेल र पछाडि ५ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ ।

Huawei-Y3II-final

स्मार्टफोनमा २१०० एमएएच क्षमताको ब्याट्रि प्रयोग गरिएको छ । यो स्मार्टफोन आर्कटिक हृवाइट र अब्सडियन ब्ल्याक गरी दुई कलरमा उपलब्ध छ । यसमा प्रयोग गरिएको सप्तरंगी कलरले स्मार्टफोनलाई थप आकर्षक बनाइदिएको छ ।

हुवावे कञ्जुमर ग्रुप विश्वका उत्कृष्ट स्मार्टफोन कम्पनीमध्ये तेस्रो श्रेणीमा पर्ने दाबी गरेको छ । विश्वका १७० मुलुकमा यसको सेवा र उत्पादन पुगिसकेको छ ।

नेपाली बजारमा पनि हुवावेले राम्रो मार्केट लिएको छ । नेपाल भित्रिएको छोटो अवधिमै हुवावे लोकपिय बन्न सफल भएको छ ।Huwae-Mobile-final

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment