Comments Add Comment

इपीएस भाषा परीक्षा आजबाट

eps-14४ असार, काठमाडौं । रोजगार अनुमति प्रणाली -इपीएस)को भाषा परीक्षा आजबाट सुरु भएको छ । विहान साढे आठ र अपरान्ह १२ बजेगरी दुई चरणमा परीक्षा सञ्चालन हुने छ ।

शनिबार र आइतबार दुई दिन हुने परीक्षाका लागि काठमाडौं उपत्यकामा १८ र पोखरमा ३ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

ईपीएसमा पढाइ १०० र लेखाइ १०० गरी २०० पूणर्ाङ्कको परीक्षा हुनेछ । यस वर्ष ५२ हजार दुई सय २२ पुरुष र आठ हजार चार सय चार महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार एक सय ७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार चार सय ५१ छन् ।

कोरियाले यस वर्ष तीन हजार १०० लाई कोरिया लाने जनाएको छ । र तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् । परीक्षा दिन आउँदा आवेदन दर्ता गर्दा पेस गरिएको राहदानीको सक्कल र प्रवेशपत्रको सक्कल लिई आउनुपर्ने व्यवस्था गरिएको छ ।

आउँदो साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरू सन् २०१७ देखि कोरिया जान पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment