Comments Add Comment

शौचालयमा हाल्ने पानी छैन, पचास प्रतिशतमै खुला दिसामुक्त

toilet१० असार, डोटी । डोटीमा रहेको दीपायल सिलगढी नगरपालिकामा ५० प्रतिशत शौचालय बनेपछि खुला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ ।

जिल्लामा रहेका ५० गाविस खुला दिसामुक्त (ओडिएफ) घोषणा भएको वर्षौंपछि दीपायल सिलगढी नपा खुला दिसामुक्त घोषणा गरिएको हो । नगरपालिकाका कारण जिल्ला नै खुला दिसामुक्त घोषणा हुन चुकेको भन्ने चौतर्फी दबाबपछि नगरपालिकाले यो कदम चालेको नगरपालिकाका कार्यकारी अधिकृत राजबहादुर शाहीले बताए ।

एकसय पाँँचौँ नगरपालिका वर्ष मनाइरहेका बेला डोटीको दीपायल–सिलगढी नगरपालिका बुधबार खुला दिसामुक्त घोषणा भएपछि नगरवासीले खुुसियाली मनाएका छन् । जम्मा ७३.७९ वर्ग किलोमिटर क्षेत्रफल भएको नगरपालिकामा पाँच हजार ४९३ घरधुरी रहेका छन् । २३ हजार ४१६ जनसङ्ख्या रहेको नगरपालिका ओडिएफ घोषणा गर्न निकै चुनौती भएको कार्यकारी अधिकृत शाहीले बताए ।

मानवीय सभ्यताको विकासका रुपमा लिइने नगरपालिकामा मानवसम्बन्धि सम्पूर्ण क्रियाकलापको विकास हुनु आवश्यक रहेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका उपप्रशासक धर्मानन्द जोशीले बताए। निकट भविष्यमै जिल्लालाई नै ओडिएफ गर्न उपप्रशासक जोशीले शुभकामनासमेत दिए ।

खानेपानीको टड्कारो समस्या रहेको दीपायल सिलगढी नगरपालिकामा ओडिएफ गर्नुको कुनै अर्थ नरहेको समेत स्थानीयवासीले बताएका छन् । पिउनलाई पानी नभएपछि शौचालयमा के को पानी हाल्ने, एक स्थानीयवासीले बताउनुभयो । करिब आधा घन्टा लगाएर पिउनलाई ल्याएको पानी शौचालयमा हाल्दा कति समय खर्च हुन्छ ? काँग्रेस नेता विजय खड्का प्रश्न गर्छन् ।

क्षेत्रीय सदरमुकाम रहेको दीपायल सिलगढी नगरपालिकामा शौच जाँदा मिनरल वाटर प्रयोग गर्नुपर्ने बाध्यता जस्ताको तस्तै रहेको यहाँको स्थानीयवासीको आरोप छ । भएका मुहानको व्यवस्थापन गर्न नसक्ने नगरपालिकाले हावाको भरमा र दबाबका कारण ओडिएफ घोषणा गर्नु नाम मात्रको ओेडिएफ भएको राप्रपाका बहादुर खड्काले बताए । एक घर एक शौचालय नारा तय गरिएको ओडिएफ घोषणा भएपनि ११ घर एक चर्पीसम्म रहेको खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment