Comments Add Comment

वर्षाले बस्ती जलमग्न भएपछि राजविराजमा चक्काजाम

स्थानीय भन्छन्- घर भित्र पानी पसेपछि चार दिनदेखि भोकै छौं

१० असार, काठमाडौं । सप्तरी सदरमुकाम राजविराज नगरपालिका-९ का बासिन्दाले वर्षाको पानी घर भित्र पसेको भन्दै सडक अवरुद्ध पारेका छन् । स्थानीयले राजविराज-भारदह सडकखण्ड अबरुद्ध पारेपछि सो सडक भएर आवत-जावत गर्नेहरु मर्कामा परेका छन् ।

Rajbirajअत्यधिक वर्षापछि राजविराज-९ तेतरीगाछी चोकदेखि दक्षिणतर्फको बस्ती जलमग्न छ । घर भित्र पानी पसेपछि स्थानीयले खाना पकाउन समेत पाएका छैनन् । लत्ताकपडा र खानेकुरा पानीले भिजेका छन् ।

स्थानीय चन्दन यादवले भने, ‘चार दिन सुत्न, खान र घरको काम गर्न पाएका छैनौं । सबै भोक भोकै बस्नु परेको छ ।’

नगरपालिकाले पानीको उचित निकासको व्यवस्था नगरेको स्थानीयको गुनासो छ । पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाइ छ ।

यसैबीच खाडो खोलामा आएको बाढीले निर्माणाधीन पुल बगाएपछि बुधबारदेखि सदरमुकाम राजविराज-कुनौली सडक ठप्प भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment