Comments Add Comment

धुर्मुस-सुन्तली फाउण्डेसनलाई तिलगंगा आँखा प्रतिष्ठानबाट १५ लाख सहयोग

Tilganga-Eye-Hospital-Kathmandu

१२ असार, काठमाडौं । गिरान्चौर एकीकृत बस्ती निर्माणमा जुटेका हाँस्य कलाकार धुर्मुस-सुन्तलीलाई नेपाल आँखा कार्यक्रम, तिलगंगाआँखा प्रतिष्ठानले १५ लाख रुपैँया सहयोग गरेको छ । २४ औं  वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले बस्ती निर्माणका लागि उक्त रकम सहयोग गरेको हो ।

भूकम्पपश्चात शुभचिन्तकहरुबाट प्रतिष्ठानलाई प्राप्त सहयोग बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको कार्यकारी निर्देशक डा. सन्दुक रुइतले जानकारी दिए । अष्ट्रेलियाका बबी हलोवास लगायत थुप्रै शुभचिन्तकहरुबाट सो रकम प्रतिष्ठानलाई प्राप्त भएको थियो ।

धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सल्लाहकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य एवं गिरान्चौर एकीकृत बस्ती निर्माण परियोजनाका सल्लाहकार डा. गोविन्द पोख्रेलले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका छन् । डा. गोविन्द पोख्रेल र वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य प्रतिष्ठानको वोर्ड सदस्य हुन् भने मदनकृष्ण श्रेष्ठ वोर्ड सल्लाहकार छन् ।

प्रतिष्ठानबाट प्राप्त उक्त सहयोगप्रति आभार व्यक्त गर्दै फाउण्डेशनका अध्यक्ष कट्टेलले अस्पतालको तर्फबाट भएको यो सहयोगले निकै ऊर्जा मिलेको बताए ।

प्रतिष्ठानको उक्त सहयोगसँगै ४ करोड ९६ लाख अनुमानीत लागत रहेको गिरान्चौर एकीकृत बस्ती निर्माण परियोजनाकालागि फाउण्डेशनमा ३ करोड सहयोग जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment