Comments Add Comment

सनवेमा निःशुल्क आइटी ब्रिजकोर्स

१९ असार, काठमाडौं । नयाँबनेश्वरमा अवस्थित सनवे कलेजले आइटीमा ब्रिजकोर्स  गर्न चाहाने विद्यार्थीका लानि निःशुल्क कक्षा सुरु गरेको छ ।

sunway-collageकक्षा १२को परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि लक्षित गर्दै आइतबारदेखि कलेजले निःशुल्क ब्रिजकोर्स  सुरु गरेको हो ।

आइटी भविष्य खोज्ने चाहाने विद्यार्थीका लागि कोर्सबारे आधारभूत जानकारी दिन निःशुलक ब्रिजकोर्स सुरु गरिएकको कलेजका प्रवन्ध निर्देशक विज्ञान श्रेष्ठले बताए ।

प्रत्येक आइतबार फ्री बि्रजकोर्स ३ कक्षाहरु सञ्चालन हुसने छन् । पहिलो कक्षा ९ देखि ११ बजेसम्म चल्नेछ । दोस्रो १ देखि ३ बजेसम्म र तेस्रो कक्षा ३ देखि ५ बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थीले आफूलाई पायक पर्ने समयमा कक्षा लिनसक्ने श्रेष्ठले जानकारी दिए ।

मानविकी, व्यवस्थापन र विज्ञान संकायमा प्लस टु गरेर बसेकाले स्नातक तहमा आइटी पढ्न पाउँछन् । ब्रिजकोर्समा आइटीका आधारभूत ज्ञानसहित विभिन्न प्राविधिक पक्षहरुबारे अध्ययन गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment