Comments Add Comment

बार्सिलोनाको डाँडामा घन्कियो नौमती बाजा (फोटोफिचर सहित )

barsilona_naumatibaja (3)बार्सिलोना ।  बार्सिलोना स्थित पर्यटकीय डाँडा टिबीदाबुमा नेपाली नौमती बाजा घन्किएको छ। नेपाल प्रवद्वन बिशेष दुई दिने कार्यक्रममा स्पेनमा पहिलो पटक नौमती बाजा घन्किएको हो। “भिजिट नेपाल,रिबुल्ड नेपाल ,वुई निड नाउ मोर देन ईभर” भन्दै जुलाई २ र ३ तारिख बेलायतको नौमती बाजा घन्किएको हो।

बार्सिलोना स्थित नेपाली कन्सुलर,एनआरएनए लगायत स्पेन स्थित संघ संस्थाहरुको बिशेष पहलमा सम्पन्न कार्यक्रममा नौमती बाजा सहित,नेपाली कला र संस्कृति झल्कने साँस्कृतिक कार्यक्रमहरु समेत भए। स्पेन स्थित नेपाली कलाकारहरु लगायत नेपाली पाठशाला स्पेनले बिभिन्न नृत्य तथा गीतहरु प्रस्तुत गरे।

नेपाली हस्तकलाका सामग्रीहरु,नेपाली पहिचान झल्कने पोशाकहरु,खादा,नेपाली झण्डाहरुले स्टलहरु सजिए। ईन्टरनेशनल दोना भिदा,लाङ्टाङ् डिजास्टर, नेपाल केयर,अमिक्स डेल नेपाल र भिडा उटेल जस्ता संस्थाहरुले पनि स्टल राखेका थिए।

राजदूत लुईटेल र उपाध्यक्ष पन्त द्वारा स्पेनबासी नेपालीहरुको प्रंशसा

फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देबी लुईटेलले औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै स्पेनबासी नेपालीहरुले गर्दै आएका कामहरुको प्रंशसा गरेकी छन्।

barsilona_naumatibaja (4)राजदूत लुईटेलले देशमा भूकम्प जाँदा पनि यहाँका नेपालीहरुले पुर्याएको सहयोग प्रति राजदूताबास तथा नेपाल सरकारको तर्फबाट धन्यबाद ब्यक्त गरिन्। पर्यटकीय डाँडा टिबीदाबुमा भएको कार्यक्रमले नेपाल प्रवद्वनमा सहयोग मिल्ने आशा ब्यक्त गर्दै ,राजदूत लुईटेलले अझ बिभिन्न ठाउँहरुमा प्रचारप्रसार गरेर बढी बिदेशीहरुको सहभागिता गराउँन सकेमा प्रभावकारी हुने सुझाव दिईन्।

barsilona_naumatibaja (5)गैर आबासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष कुमार पन्तले बिश्वभर रहेका गैर आबासीयहरु देश दुखेको बेला यसरी नै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए। उनले नेपालमा पर्यटक भित्राउँन नेपाली पहिचान झल्कने यस्ता कार्यक्रमहरुको सिको सबैले गर्नु पर्ने बताए। उपाध्यक्ष पन्तले राष्ट्रिय समन्वय परिषद स्पेनले संयोजन गरेर कार्यक्रम गर्न सफल भएकोमा अन्तराष्ट्रिय समन्वय परिषदको तर्फबाट धन्यबाद ब्यक्त गरे।

कार्यक्रममा बार्सिलोना स्थित नेपाली अबैतानिक बाणिज्य दूत लुईस बेल्बिस,गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एकराज गिरीले बोलेका थिए। राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष तथा नेपाल प्रवद्वन कार्यक्रमका संयोजक मुक्त बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

barsilona_naumatibaja (6) barsilona_naumatibaja (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment