Comments Add Comment

दशकदेखि एउटै कार्यालयमा, पहुँच हुने प्रहरी काजमा !

२४ असार, काठमाडौं ।  महानगरीय अपराध महाशाखा, टेकुमा प्रहरीको दरबन्दी एक सय ४१ जनाको हो । तर, महाशाखामा दुई सय ११ प्रहरी कार्यरत छन् । तीमध्ये करिब एक सय प्रहरी काजमा आएका हुन् भने महाशाखामै दरबन्दी भएका करिब ५० जना अन्यत्रै काजमा बसेका छन् ।

Nepal-Police-Logoमहानगरीय प्रहरी परिसर काठमाडौं र मातहतमा तीन हजार एकजनाको दरबन्दी छ । तर, परिसरमा दुई हजार नौ सय ५६ जना कार्यरत छन् । तीमध्ये पनि डेढ सय काजमा छन् ।

परिसरको दरबन्दीका करिब एक सय प्रहरी भने काठमाडौंबाहिर काजमा छन् । प्रहरीका हरेकजसो कार्यालयमा काज विकृति छ । प्रहरीमा करिब पाँच हजार सातजना काजमा कार्यरत रहेको अाजको नयाँ पत्रिका दैनिकले जनाएकाे छ ।

अधिकांशले घरपायक तथा आकर्षक ठाउँमा बस्न काज मिलाउने गरेका छन् । काज विकृतिले सुरक्षा व्यवस्थामा समेत असर परेको प्रहरी अधिकारीहरू नै बताउँछन् । तर, विकृति हटाउने प्रयास भएको छैन । प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले पाँच हजार ६ सय ९० प्रहरी काजमा रहेको जानकारी दिए ।

काजमा बस्ने प्रहरी सोर्सफोर्सवाला हुने भएकाले विकृति समाधान हुन पहल नभएको स्रोत बताउँछ । कतिपय हाकिम रिझाएर त केही नेताको सोर्सफोर्समा काजमा बस्ने गरेका छन् । काज मिलाउन ठूला नेताहरूको पनि दबाब आउने गरेको प्रहरी अधिकारी बताउछन् ।

नेपाल प्रहरीमा सामान्यतः एक–एक वर्षमा सरुवा हुन्छ । तर, केही प्रहरी दशकभन्दा लामो समयदेखि एउटै कार्यालयमा बस्दै आएका छन् । आकर्षक कार्यालयमा काज मिलाएर बस्ने विकृति प्रहरीमा छ ।

घुमुवाका रूपमा सादा पोसाकमा काम गर्ने तथा मुद्दा शाखाका कर्मचारीमा यस्तो विकृति बढी देखिएको स्रोत बताउँछ । सुगम र दुर्गम सबै क्षेत्रमा हरेक एक–दुई वर्षमा खटाउने प्रहरीको सरुवा नीति छ । सोहीअनुसार नियमित सरुवा हुने भए पनि केही प्रहरी भने सरुवा भएको कार्यालयमा नगई आफ्नोअनुकूल हुने कार्यालयमा काज मिलाएर बस्ने गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment