Comments Add Comment

कतारमा सुन्तली- धुर्मुस साझँ सम्पन्न

धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग

dhurmus suntali_night_katar (1)दोहा । गिरान्चौर एकिकृत बस्ती निर्माणको सहयोगार्थ कतारमा सुन्तली- धुर्मुस साझँ सम्पन्न भएको छ ।

ईस्लाम धर्मावलम्बिहरुको पर्व ईद उल फित्रको अवसर पारेर कतारमा ईदको दोश्रो दिन साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । हास्यँकलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को स्वामित्वमा रहेको धुर्मुससुन्तली फाउन्डेसनले दोस्रो एकिकृत बस्तीको निर्माण गरिरहेको छन ।

सिन्धुपाल्चोकको गिरानचौरमा रहेका ६५ परिवार भूकम्पपीडितहरुलाई नजिकदै गरेको दसैमा घर उपलब्ध गराईदिने उद्धेश्यले निर्माण कार्य सुरु गरेका छन । सास क्रियसनले धुर्मुससुन्तली फाउन्डेसनलाई सहयोग गर्ने उद्धेश्य अनुरुप कतारमा साँस्कृतीक कार्यक्रमको आयोजना गरिएको हो । लगभग १० हजार उपस्थिती रहेको कार्यक्रमबाट  धुर्मुससुन्तली फाउन्डेसनलाई ८ लाख सहयोग गर्ने सास क्रियसनका कल्याण घिमिरेले बताए ।

सास क्रियसन प्रालिको आयोजना , अरुण भ्यालीको स्पोन्सर तथा एभरेष्ट नेपाल युथ एसोसिएसन र बाब कतारको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । सनैयाको ईष्टवेष्ट पार्कमा सम्पन्न सुन्तली- धुर्मुस साझँका लागी नेपालबाट एक दर्जन राष्ट्रिय कलाकारहरु कतार आएका थिए ।

कतारको सघर्ष व्याण्डको प्रस्तुतीसँगै कार्यक्रम शुरु भएको थियो । हिन्दी र नेपाली गीतमा सघर्ष व्याण्डका गायक सन्तोष परियारको प्रस्तुतीमा युवाहरु झुमे । ‘पानी पर्यो असिना झर्यो’ बोलको गीतमा नेपाली कला केन्द्रका कलाकारहरुले जोडदार सामुहिक नृत्य प्रस्तुत गरे । त्यस्तै कतारमा रहेको द रेन्ज व्याण्डका गायक नवराज श्रेष्ठले स्व.अमर गुरुङ्गको सम्झनामा ‘रातो र चन्द्र सुर्य’ बोलको गीत गाएर आफ्नो प्रस्तुती शुरु गरे ।

सोही व्याण्डमा गायक दामोदर न्यौपानेको कार्यक्रममा छोटो प्रस्तुती रह्यो । त्यस्तै नवप्रतिभा साँस्कृतीक समुहका कलाकारले ‘सोलोली सोलोली’ , ‘नाच छमछम’ र ‘मुक्कावाला’ बोलको गीतमा सामुहिक नृत्य प्रस्तुत गरे ।

संचारकर्मी विजय अधिकारी र नेपालबाट आएका उद्घोषक शुसील नेपालले सन्चालन गरेको कार्यक्रममा नेपालबाट आएका भोजपुरी कलाकारहरुको दमदार प्रस्तुती रह्यो । आईटम क्यून भोजपुरी नायिका सिमा सिहंले ‘म हुँ असली ज्वालामुखी ‘ , ‘मे नागीन नागीन’ लगायत भोजपुरी गीतमा आफ्नो नृत्य प्रस्तुत गरिन् । त्यस्तै अर्की भोजपुरी नायिका रानी चर्टजीले धमकेदार नृत्य प्रस्तुत गरिन । ‘कुच करो ना’ लगायतका आईटम गीतमा उनको नृत्यसँगै सायरीले कतारका भोजपुरी दर्शकहरु पानी पानी बने ।

dhurmus_suntali_nightकार्यक्रममा डिआडी ५ का फष्ट रनअरअप निर्मल तामाङ्गलाई कतारका दर्शकले औधी रुचाए । ‘मेरा दिल’ र ‘रोही रहे एकान्तमा’ बोलको गीतमा आफ्नो दमदार नृत्य प्रस्तुत गरे । दर्शकहरुको वान्समोरले पुनः उनले आफ्नो प्रस्तुती गरे ।

१० हजार दर्शकले एकै पटक उनलाई मागीनै रहे । कार्यक्रममा लोकदोहोरी गायक राजु गुरुङ्गले सालैजो गीत मार्फत आफ्नो प्रस्तुती राखे । ‘डाडै पारी मायाको गाउँ छ ‘, ‘हाम्रो माया जीन्दगी भरीको’ , ‘हौकी क्यारे अर्कैको हकवाला’ र ‘मुखै तितो बनायो तितेकरेलीले ‘ जस्ता लोकदोहोरी गीतले दर्शकहरुलाई नचाउन सफल बने गायक गुरुङ्ग ।

त्यस्तै लोकदोहोरी गायिका मुना थापा मगरले ‘सुन्यौ भने नेपालको खबर प्रदेशीको मनै रोलानी ‘ भन्दै आफ्नो सांगीतीक प्रस्तुती राखिन । उनले ‘जैले पनी फेल म त ‘ र ‘सरसर मैतीर सर बसौला पिरती लाएर’ जस्ता गीतहरु गाएर लोकदोहोरीका पारखीहरुको मन जितीन् ।

कार्यक्रममा हाँस्य कलाकार राजा राजेन्द्रको दमदार प्रस्तुती रहेको थियो । हाँस्यव्यङ्गे मार्फत उपस्थित दर्शकहरुलाई पेट मिचिमिची हसाउन सफल राजेन्द्रले गीत र नृत्यको बारेमा व्यङ्गे गरे । त्यस्तै उनले बिदेश पस्ने युवायुवतीहरुको यथार्थ कथाबस्तुलाई चित्रण गर्दै प्रवास र नेपालको दुरीका बारेमा व्यङ्गे हाने । देशको अवस्थाबारे भुकम्प र राहात अनी अल्छी नेपालको बानीलाई उनले सहजरुपमा प्रस्तुत गरे ।

dhurmus suntali_night_katar (2)कार्यक्रममा बाल गायक साईउज्जल कोईरालाले आफ्नै एल्बम मैनाजोडीबाट गीत गाए । संगीतकार टंक बुढाथोकीको साथमा स्टेजमा उक्लिएका उनले ‘हाम्रो घरको पल्लो पट्टी बस्छन मैना जोडी’ बोलको गीत गाए । उनको एल्बम मैनाजोडीलाई कार्यक्रममा बिमोचन समेत गरियो ।

नायिका रेखा थापा गायन मोह

चलचित्र क्षेत्रमा लामो समय देखी राज गर्दै  आएकी नायिका तथा निर्मात्री रेखा थापाले कतारमा अभिनय र नृत्यलाई छाडेर गीत गाईन । नायिका थापाको नाम सुन्ने बित्तिकै उनको नृत्यको प्रतिक्षामा रहेका दर्शकहरुले उनको स्वरमा बिभिन्न गीत सुने । लामो समयपछी कतारको स्टेजमा देखीएकी नायिका थापाले ‘यहाँको धर्ती बाझौ छैन’ बोलको गीत गाउदै स्टेजमा उक्लिएकी थिईन । कुनैबेला हट नायिकाको रुपमा कतारमा आफ्नो प्रस्तुती राखेकी उनले यसपटक कतारमा आफुलाई सुहाउने केटो खोज्न आएको भन्दै हिरो र बेहुला बन्न कोही तयार छ भनेर दर्शकलाई सोधिन ।

उनले ‘को होला मेरो मायालु’ बोलको गीत गाईन । ‘माया क होला’ र ‘कालि तिम्रो नजरैको गोली चल्यो’ बोलको गीतमा टंक बुढाथोकीले साथ दिए । स्टेजमा उनले बुढाथोकीको तारिफ गर्दै चलचित्र क्षेत्रमा धेरै प्रतिभावान कलाकारहरुलाई जन्माएको बताईन । कतारका दर्शकहरुको अपेक्षा हट नायिका स्टेजमा आएर नाच्लिन भन्ने थियो तर त्यो पुरा हुन सकेन । उनले विचविचमा रोकिएर भएपनी गायनलाई नै अघाडी बढाईन ।

धुर्मुस-सुन्तलीको प्रस्तुती

हास्यँकलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले कतारका दर्जकहरुलाई हसाँए । धुर्मुससुन्तली फाउन्डेसनले दोस्रो एकिकृत बस्तीको निर्माणको सहयोगार्थ आयोजित कार्यक्रममा उनीहरु दुबैले आफ्नो प्रस्तुती राखेका थिए । ‘हामी पनी सनैयाको दादा हो भन्दै’ स्टेजमा आफ्नो प्रस्ती राखेका धुर्मुसले प्रवासी युवाहरु र उनीहरुका श्रीमतीको विषयबस्तुमा आफ्नो हाँस्य प्रस्तुती राखे । कतारबाट ४/५ बर्षपछी फर्केका धुर्मुसले सुन्तली गर्भवती भएको कथाले दर्शकहरु पेटमिचीमिची हाँसे ।

कार्यक्रममा बोल्दै उनीहरुले भुकम्पपछीको पहिलो स्टेज शो कतारमा आएर गरेको बताए । भुकम्पपछी एकिकृत बस्ती निर्माणमा खटिरहेका उनीहरुले न्यूनतम सुविधासम्पन्न बस्ती निर्माण गर्न लागेको बताए । ‘हाम्रो देश के हो हामीले कस्ता सुबिधा पाउनुपर्ने हो भन्ने कुराको ज्ञान हुनुपर्छ’ भन्दै जनताको लागी आफुहरु जन्मेको बताए । हरेक दुःख र सुखमा नेपाली जनताको साथमा रहने बताउदै उनीहरुले भने ‘भाषणमा मात्रै हैन हामी काम गरेर देखाउछौ ।’

कार्यक्रममा बोल्दै सिताराम कट्टेल ‘धुर्मुस’ ले भने ‘निरन्तर देशको परिर्वतन र राष्ट्र निर्माणका लागी लागिरहेका छौ । बनावटी भाषण गर्नेहरुका लागी हामीहरुले काम गरेर देखाउन लागेका छौ ।’ देशमा पटक पटक भुकम्पपिडितहरुको बिषयमा लिएर राजनिती भईरहेको उनले बताए ।

गिरान्चौर एकिकृत बस्ती निर्माणका लागी ५ करोडको बजेट आवश्यकता रहेको उनीहरुले बताए । १ लाख ७४ हजार रकम हुदा करोडौको आट गरेको उनीहरुको भनाई थियो । ‘हामीले ५ करोडको योजना बनाएर काम शुरु गरेका थियौ । ४ करोड जम्मा भर्यसेकेा छ ।’ धुर्मुसले भने ‘सकरात्मक सोचका साथ फिल्डमा खटेर काम गरिरहेका छौ । फोहोरी दिमाग र प्रवृद्धीले देश बन्दैन । त्यसलाई सोर्होने अभियानमा लागेका छौ।’

आगामी घटस्थापनाका दिनमा बस्ती हस्तान्तरण गर्ने योजना रहेकोले ‘राष्ट्र निर्माण तपाई हाम्रो अभियान , पुर्ननिर्माणमा जुटौ’ उनले भने ।

कार्यक्रममा आएका उनीहरुलाई कतारका विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन । कतारको एभरेष्ट नेपाल युथ एसोसियसनद्धारा सन्चालित सहयोग अभियानबाट २२ लाख  सहयोग प्रतिबद्धता भएको छ । जसमध्येबाट शुक्रबार १४ लाख रुपैया हस्तान्तरण गरिएको थियो । बाँकी रकम तुरुन्त नेपाल पठाईने बताईएको छ । त्यस्तै कतारमा कार्यरत सुमित्रा लामिछानेको पहलमा ३४ हजार सहयोग हस्तान्तरण भएको छ ।

गोरखा सेवा समाज कतारले कलाकारहरुको सम्मान सहित २५ हजार रुपैया धुर्मुससुन्तली फाउन्डेसनलाई सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment