Comments Add Comment

सरकार टिकाउन ओलीलाई ४५ सिटको आवश्यकता

KP Oli२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि वर्तमा केपी ओली नेतृत्वको सरकारलाई बहुमत पुर्‍याउन ४५ सिटको आवश्यकता परेको छ ।

ओली सरकारले विश्वसको मत मागेर ४५ सिट प्राप्त गर्न सफ भए उनी प्रधानमन्त्री कायम रहने छन् ।

संसदमा गत २४ असोजमा भएको प्रधानमन्त्री निर्वाचनमा ओलीले ३ सय ३८ मतले विजयी भएका थिए, जसमा माओवादी केन्द्रको ८२ जनको समर्थन थियो । यसअघि तीन सिट भएको नेकपा संयुक्तले समर्थन फिर्ता लिइसकेको जनाएको छ । जसबाट यो सरकार २ सय ५३ जनाको मात्र समर्थन रहेको आजको राजधानी दैनिकमा समाचार छ ।

सत्ता गठबन्धभनको सबैभन्दा ठूलो शक्ति माओवादी केन्द्रले मंगलबार समर्थन फिर्ता लिएपछि अब ओली सरकारलाई टिकाउन ४५ सिटको आवश्यकता पर्ने भएको छ ।

कुल ५ सय ९५ सदस्यमध्ये त्यसको बहुमत प्राप्त गर्न २ सय ९८ मतको आवश्यकता पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment