Comments Add Comment

‘भोक लाग्यो’लाई झापाली दर्शकले दालमोठ-चिउरा कोसेली पठाएपछि

deviram-bhok-lagyo

काठमाडौं । टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’ हिट भैसकेको थियो । झापाको एउटा संस्थाले स्टेज कार्यक्रमका लागि जितु नेपाललाई बोलायो । जितु गएर प्रस्तुति दिए । उनको प्रस्तुतिमा दर्शक रमाए ।

त्यहि कार्यक्रममा केहि दर्शकले सोधे ‘भोक लाग्यो खै त ?’ जितुले काम विशेषले आउन नभ्याएको जानकारी दिए । अन्तिममा दर्शकले आफ्नो तर्फबाट भन्दै एउटा पोको जितुलाई थमाउदै भने ‘हाम्रो तर्फबाट भोक लाग्योलाई उपहार दिनु होला ।’

राम्रो कागजले र्‍यापिङ गरेको चिटिक्कको पोको थियो । जितुले खोलेनन् । एअरपोर्टमा उत्रिने बित्तिकै जितुले देवीराम पराजुली -भोक लाग्यो)लाई फोन गरेर भने ‘तँ छिट्टै एअरपोर्ट आएज त । तँलाई झापाली दर्शकले उपहार पठाएका छन् ।’

देबिराम हतार-हतार एअरपोर्ट पुगे, के उपहार होला भन्ने कौतुहलता कौतुहल बोकेर । उनले एअरपोर्टमै जितुकै अगाडि दर्शकले दिएको उपहारको पोको खोलेर हेरे । दालमोठ र चिउरा रहेछ । दुबै मरि मरि हाँसे ।

पोखरेली दर्शकलाई भोक लाग्यो

पोखरेली दर्शकले पोखरामा ‘जिरे खुर्सानी नाईट’ कार्यक्रम गर्ने तयारी गरे । कार्यक्रमका लागि निर्देशकद्धय जितु नेपाल शिबहरि पौडेलसँग उनीहरुले कुरा गरे ।

देवीराम आफ्नै काममा ब्यस्त थिए । पोखराको कार्यक्रमको वारेमा उनले जानकारी नै पाएनन् । जितु र शिबहरिसंगै जिरे खुर्सानी युनिटका अरु कलाकार कार्यक्रमका लागि पोखरा गए ।

जब कार्यक्रम हुनु भन्दा केही घण्टा अगाडी जितु शिबहरि लगायतको टिम पोखरा पुग्यो, आयोजकले सोधे ‘भोक लाग्यो खै त ?’

भोक लाग्योलाई नल्याएको जानकारी पाएपछि उनीहरुले त मान्दै मानेनन् । भोक लाग्यो नआउने हो भने कार्यक्रम नगर्नेसम्मको कुरा गरे ।

जितुले फोन देबिरामलाई फोन गरेर भने ‘तँ तुरुन्तै प्लेनमा पोखरा आइज ।’ एकछिनपछि फेरि शिबहरिले फोन गरे ‘नाई नास्ती हैन जसरि पनि आउन पर्‍यो’ निर्देशकबाट लगातार फोन आएपछि पोखरा नगई सुखै पाएनन् । पोखरा पुगेपछि देबिरामलाई दर्शकले बोकेरै उचाले ।

स्वदेश एवं विदेशमा आयोजना हुने विभिन्न स्टेज कार्यक्रममा देवीराम ‘भोक लाग्यो’ भन्दै उफ्रिएका छन् । जब उनी स्टेजमा भोक लाग्यो भन्दै कराउँछन्, दर्शकहरुले चाउचाउ र बिस्कुट उपहार दिन्छन् । ‘त्यस्तो उपहार धेरै ठाउँमा पाएको छु’ उनले भने ।

आफैंले जन्माएको थेगो

टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’ सुरु गर्दा सुरुमा दुई भागका लागि अनुबन्ध भएका थिए देवीराम । स्त्रिmप्ट त हुन्थ्यो तर कतिपय संवाद कलाकार आफैलाई सिर्जना गर्ने अधिकार पनि थियो ।

देबिराम सम्झन्छन्, ‘बाले कान्छी आमा ल्याएपछि आमा र म गाउँबाट काठमाडौ जानुपर्ने दृष्य थियो ।’ त्यतिवेला देविराम निकै दुब्ला थिए । उनले सिचुएशन अनुसार आमा भोग लाग्यो भन्ने संवाद आफैंले सिर्जना गरेर बोले । दुई भागको सुटिङ सकिए लगत्तै उनको काम सकियो । उनी लागे फिचर फिल्म ‘समयको डोरी’ सुटिङका लागि गोरखातीर । उनी सुटिङमै ब्यस्त थिए । जितुले फोन गरेर भने ‘तँ छिट्टै काठमाडौ आउन पर्ने भयो, आयोजकले तेरो संवाद मन पराए ।’

केहि दिनलाई सुटिङ थाँती राखेर काठमाडौ फर्किए । त्यसपछि जिरे खुर्सानीमा उनको यात्रा निरन्तर चल्यो । जिरे खुर्सानीको ५१९ भाग मध्ये ४० भाग जतिमा उनी देखिएनन् । अरु सबै भागमा छन् ।

बुद्धदर्शनमा स्नातकोत्तर

१० वर्षअघि बाल्मिकी क्याम्पसवाट बुद्धदर्शनमा स्नातकोत्तर गरेका थिए देवीरामले । आफ्नो अध्ययन चलचित्र वा टेलिभिजनमा उपयोगमा नआएको उनको अनुभव छ ।

अब कलाकारितासँगै समाजसेवामा आफूलाई चिनाउने उनको सपना छ । ‘धुर्मुस सुन्तलीले जस्तै बस्ति बनाउन त सकेको छैन तर, समाजका लागि अहिले पनि केहि गर्दै आएको छु,’ उनले सुनाए ।

निर्देशनमा पाइला

देवीरामले अभिनय गरेको कुनै सिरियल अहिले टेलिभिजनमा आउदैन । बरु, उनी निर्देशकमा बढुवा भएका छन् । केदार घिमिरे (माग्ने बुढा) को युट्युब च्यानलका लागि ‘खासखुस्’ निर्देशनमा ब्यस्त देबीरामलाई अर्का कलाकार निरज नेपालले पनि निर्देशनमा सघाएका छन् ।

पछिल्लो समय जय पर्शुराम र लीलामा अभिनय गरेका देविराम फिचर फिल्मको यात्रालाई पनि अघि बढाउने योजनामा छन् । अमेरिकाको क्यालिफोर्नियामा हुने वल्र्ड फिल्म फेष्टिवलमा उनी सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment