Comments Add Comment

ट्रम्प अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उमेदवार

donald trump५ साउन, काठमाडौं । नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीले डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको उमेदवार बनाएको छ ।

ओहायो राज्यमा जारी रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनका बहुमत प्रतिनिधिको समर्थनमा ट्रम्प राष्ट्रपति पदका उमेदवार बनेका हुन् । इन्डियानाका गभर्नर माइक पेस उपराष्ट्रपति पदका उमेदार बन्ने भएका छन् ।

बिहीबार ट्रम्पले उम्मेदवारीको आधिकारिक रुपमा स्वीकार गर्ने कार्यक्रम रहेको छ । एक भिडियो मार्फत उनले राष्ट्रपति पदमा उमेदवार चुनिन पाउँदा गौरवान्वित भएको बताएको बीबीसीले जनाएको छ ।

ट्रम्पले अमेरिकाको बदलावको लागि पनि आफ्नो जित आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment