Comments Add Comment

रमेश उप्रेती फर्किए भन्दै यस्तो बनाइयो ‘ब्रासलेट’ ट्रेलर

rajani and ramesh in braslet
नेपाली चलचित्रमा कुनै बेला हालिमुहाली गरेका नायक रमेश उप्रेती अमेरिका पुगेपछि हराए । रमेश हराएसँगै उनको चर्चा पनि सेलायो । तर, करिब ९ बर्ष अमेरिका बसेर फर्किएका रमेश निर्मल शर्माले निर्देशन गरेको चलचित्र ‘ब्रासलेट’मार्फत कमब्याक गर्दैछन् ।

यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा रमेश नै हाइलाइटमा छन् । केशव भट्टराइको निर्माणमा तयार भएको यो चलचित्र भदौ १७ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रमा रजनी केसी र नम्रता सापकोटा मुख्य भूमिकामा छन् । दुबैले पर्दामा रमेशलाई साथ दिएका छन् । चलचित्रको ट्रेलरले यसलाई पारिवारिक सस्पेन्स कथाको रुपमा वुझाएको छ । रमेशप्रति ठूलो अपेक्षा राख्दै सार्वजनिक प्रदर्शनमा आउन लागेको यो चलचित्र निर्माता र निर्देशककै लागि आशातित छ ।

केशवले निर्माण गरेको पछिल्लो चलचित्र ‘सो सिम्पल’ असफल भएको थियो भने निर्मलको पहिलो निर्देशन रहेको चलचित्र ‘चकलेट’ पनि चलेन । साथमा ९ बर्षपछि फर्किएका रमेशको क्रेज दर्शकमाझ छ कि छैन भनेर वुझ्न पनि यो चलचित्रको व्यापार काफी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment