Comments Add Comment

अविश्वासको प्रस्ताव फिर्ता नलिने कांग्रेस, माओवादी र मधेसी मोर्चाको निर्णय (भिडियोसहित)

Congress,-mao-and-Morcha

७ साउन, काठमाडौं । नेपाली कांग्रेस, माओवादी र मधेसी मोर्चाले प्रधानमन्त्रीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने निर्णय गरेका छन् । साथै उनीहरुले अब प्रधानमन्त्रीको राजीनामा नमाग्ने भन्दै अविश्वासको प्रस्तावलाई प्रक्रियामा अघि बढाउन माग गरेका छन् ।

शुक्रबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठक बसेको थियो । बैठकले तीन दलको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले सहमतिका लागि भन्दै राखेको प्रस्ताव अस्वीकार गरेको छ ।

बिहीबार बसेको प्रमुख तीन दलको बैठकमा कांग्रेस नेता पौडेलले प्रधानमन्त्रीले राजीनामा दिने र अविश्वासको प्रस्ताव फिर्ता लिन प्रस्ताव पेश गरेका थिए ।

बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले भने, ‘अविश्वासको प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन । आजबाट हामी प्रधानमन्त्रीको राजीनामा माग्दैनौं ।’

कांग्रेस नेता पौडेलले राखेको सहमतिको प्रस्तावबारे सोधिएको प्रश्नमा उनले प्रधानमन्त्रीले नै नमानकाले अब त्यसको औचित्य सकिसकेको बताएका छन् ।

कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकले बजेट आश्रित विधेयक नभइ सिधैं अविश्वासको प्रस्तावमाथि संसदमा पहिले छलफल हुनुपर्ने बताए ।

दलहरुबीच अविश्वासको प्रस्ताव पहिले कि बजेट आश्रित विधेयक पहिले संसदमा छलफल गर्ने भन्नेमा विवाद छ । एमालेले बजेट आश्रित विधेयक पहिले पेश गर्नु पर्ने अडान राख्दै आएको छ र भने कांग्रेस र एमाओवादीले अविश्वासको प्रस्ताव पहिले पेश हुनु पर्ने भन्दै आएका छन् ।

कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकले सरकारको नेतृत्व गरिरहेको एमाले संसदमा अवरोध गरेको भन्दै यो गलत भएको बताएको निष्कर्ष निकालेको छ ।

भिडियो हेर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment