Comments Add Comment

पशुपति शम्शेरको अभिव्यक्तिमा कमल थापाको आपत्ति, एकता प्रक्रियामा असर पर्ने चेतावनी

Kamal-Thapa-and-Pashupati

१३ साउन, काठमाडौं । हिन्दु-गणतन्त्रलाई मुख्य एजेण्डा मानेर जाने सहमति भएको भन्ने राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाको अभिव्यक्तिको राप्रपा नेपालले खण्डन गरेको छ । र, यसले पार्टी एकता प्रक्रियामा असर पर्न सक्ने उसले चेतावनी दिएको छ ।

राप्रपा अध्यक्ष राणाले बिहीबार एक कार्यक्रममा हिन्दु गणतन्त्रमा सहमति भएको भन्दै राप्रपा र राप्रपा नेपालबीच एकता हुने बताएका थिए ।

तर, कमल थापा नेतृत्वको राप्रपा नेपालले राणाको अभिव्यक्तिप्रति गम्भिर अपत्ति जनाएको छ । राप्रपा नेपालका सहायक प्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरसँग भने, ‘पार्टीको मुल आत्माका रुपमा रहेको सैद्धान्तिक पक्षलाई परित्याग गर्ने विषय कल्पना बाहिरको कुरा हो ।’

गणतन्त्र स्वीकार गरेको राणाको दाबीमा सत्यता नरहेको भन्दै राप्रपा नेपालले यस्ता अभिव्यक्ति नदिन राप्रपा अध्यक्षलाई सचेत गराएको छ ।

साथै यसले पार्टी एकता प्रक्रियामा गम्भिर असर पर्न सक्ने उनले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment