Comments Add Comment

नेशनल लाईफ इन्स्योरेन्सद्वारा ५०६ करोड बीमा शुल्क संकलन, १३.५ प्रतिशत बोनस सेयर पारित

१५ चैत, काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ५०६ करोड बिमा शुल्क संकलन गर्न सफल भएको छ ।

कम्पनीको ३०औं वार्षिक साधारण सभाले १६९ करोड कूल दावी भुक्तानी गरेको एवम् द्धज्ञ करोडको खुद मुनाफा आर्जन गरेको जनाएको छ । सभाले आ.ब. २०७३/७४ को लागि चुक्ता पूंजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश १ करोड ८८ लाख २७ हजार १० पनि पारित गरेको छ ।

यसैगरी आ.व. २०७३/७४को अन्त सम्ममा कम्पनीको कुल लगानी १९.४२ प्रतिशतले बृद्धि भई १,६९६ करोड पुगेको छ र कम्पनीको बिमा कोष गत वर्षको तुलनामा २०.८० प्रतिशतले बृद्धि भई २०७४असार मसान्त सम्ममा १७ अरब २९ करोड पुगेको कम्पनीले जनाएको छ ।

अध्यक्षले कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र गत साधारण सभावाट पारित निर्णय अनुसार ६० प्रतिशत हकप्रद सेयर जारी प्रक्रिया सम्पन्न भई समिक्षा वर्षको प्रस्तावित वोनस सेयर समेत गरी कूल चुक्ता पूँजी ३ अरब भन्दा बढी हुन जाने जानकारी गराए ।

कम्पनीले शाखाहरु विस्तार गरी थप सुविधायुक्त बनाउँदै लगेको र यसले व्यवसायमा सकारात्मक प्रभाव पारेको बताएको छ ।

अध्यक्षले लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गरी कम्पनीको प्रतिफल बृद्धि गर्ने तर्फ कम्पनीको प्रयास केन्द्रित रहेको बताए । आगामी दिनहरुमा नेपाली बिमा बजारमा थप अद्यावधिक बिमालेखहरु प्रवेश गराउन र आफ्ना ग्राहकवर्गलाई प्रदान गर्ने सेवाको गुणस्तरमा बृद्धि गर्न कम्पनी सदैव प्रयासरत रहने समेत अध्यक्षले सभामा जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment