News Summary
Generated by OK AI. Editorially reviewed.- क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा रिता गौतम र विमोचन राज कुँवर पक्राउ परेका छन्।
- उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।
- पक्राउ परेकालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
२ असोज, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२० बस्ने ४९ वर्षीया रिता गौतम र ३१ वर्षीय विमोचन राज कुँवर रहेका छन् ।
उनीहरूले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4