News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको १३ लाख ७५ हजार नगदसहित काभ्रेपलाञ्चोकका २० वर्षीय युवराज घताने पक्राउ परेका छन् ।
- प्रहरी वृत्त दरबारमार्गको टोलीले बा ९७ प २६४४ नम्बरको स्कुटर जाँच गर्दा उक्त नगद फेला पारेको हो ।
२८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५ हजारसहित एक जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भएका २० वर्षीय युवराज घताने उक्त रकमसहित आज पक्राउ परेका हुन् ।
प्रहरी वृत्त दरबारमार्गको टोलीले बा ९७ प २६४४ नम्बरको स्कुटर जाँच गर्दा उक्त नगद फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4