Comments Add Comment

वैज्ञानिकजति काजमा सरुवा, अनुसन्धान प्रभावित

१५ साउन, काठमाडौं । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमको कार्यालय धनकुटा परिपाल्लेमा कार्यरत कृषि वैज्ञानिक र प्राविधिक कर्मचारी काज सरुवा गरी अन्यत्र गएपछि अध्ययन अनुसन्धानको काम प्रभावित भएको छ ।

scientistअमिलो जात फफूलको अध्ययन अनुसन्धान गर्ने नेपालको एक मात्र उक्त कार्यालयका कृषि वैज्ञानिक र प्राविधिक धमाधम काजमा अन्यत्र सरुवा हुन थालेपछिअधिकांश अनुसन्धान कार्य ठप्प भएका आजको अन्नपूर्णले जनाएको छ ।

जनशक्ति नहुँदा कार्यालयका प्रयोगशाला पनि बन्द अवस्थामा रहेको कार्यक्रमका संयोजक डा. तुलबहादुर पुनले बताए । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमको कार्यालय हाल दुईजना कृषि बैज्ञानिकको भरमा सञ्चालित छ ।

कार्यालयमा कृषि बैज्ञानिकसहित नौजनाको दरबन्दी छ ।

वैज्ञानिकका चारवटा दरबन्दी रिक्त छन् भने तीनजना वैज्ञानिक अन्यत्र काजमा सरुवा भई गएका छन् ।
त्यस्तै प्राविधिक पाँचजनाको दरबन्दी रहेकोमा हाल दुईजनामात्रै कार्यरत छन् भने तीनजना काजमा सरुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment