Comments Add Comment

इन्ट्री धमकेदार, त्यसपछि मन्द रजनी

rajani kc
नायिका रजनी केसी अभिनित २ चलचित्र भदौ १७ गते एकसाथ चल्दैछन् । ‘लालजोडी र ब्रासलेट’ एकसाथ आउने भएपछि रजनीलाई कुन चलचित्रको प्रमोशनमा हिड्ने भन्ने तनाव पनि छ । हुनत, रजनी नेपाली चलचित्रमा खुबै चलेकी नायिका होइनन् ।

निर्माता छविराज ओझाको चलचित्र ‘लोफर’बाट चलचित्र क्षेत्रमा उदाएकी नायिका केसीले त्यतीबेला खुबै चर्चा पाइन् । यसपछि भने उनको चर्चा खासै भएको पाइदैन । ‘परदेशी’ हिट भएपनि रजनी चलिनन् ।

चलचित्र ‘लोफर’ चल्दा उनलाई नायिका रेखा थापासँग तुलना पनि गरिएको थियो । रजनीको अभिनयमा रेखाको नक्कल त देखिन्छ तर चर्चा खासै छैन । भदौ १७ गते प्रदर्शनमा आउने चलचित्र चलेको खण्डमा उनको करिअरलाई पनि खुबै फाइदा हुने पक्का छ ।

‘ब्रासलेट’मा श्रीमति र ‘लालजोडी’मा आधुनिक यूवतीको भूमिकामा यी सुन्दरी देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment