Comments Add Comment

पीएसजीसँग लिसेस्टरको लज्जास्पद हार

Leicester City१७ साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीले पेरिस सेज्ट जर्मेनसँग लज्जास्पद हार व्यहोरेको छ ।

प्रि सिजन टुरमा रहेको लिसेस्टरले इन्टरनेशनल च्याम्पियन कप अन्तरगत फ्रान्सेली च्याम्पियन पीएसजीसँग ४-० को हार व्यहोरेको हो ।

पीएसजीले काभानीको गोलबाट अग्रता लिएको थियो । जोनाथन इकोनेले पहिलो हाफमा अग्रता दोब्ब पारे । दोस्रो हाफमा लुकास मोउरा र एडुअर्डले गोल गरे ।  लिसेस्टरले अब बार्सिलोनासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment