Comments Add Comment

सवा ३ खर्ब निक्षेप र ३ खर्ब कर्जाको बीमा

bank
१८ साउन, काठमाडौं । बैंकहरुको निक्षेप १६ खर्ब र कर्जा १३ खर्ब रुपैयाँभन्दा धरै पुगिसकेको छ । तर, हालसम्म सवा ३ खर्ब निक्षेप र ३ खर्ब रुपयाँ कर्जाको मात्रै बीमा भएको राष्ट्र बैंकले जनाएको छ ।

पाँच वर्षअघिदेखि सरकारले २ लाख रुपैयाँसम्मको निक्षेप र कर्जाको सुरक्षण (बीमा) गर्न थालेको थियो । निक्षेप तथा कर्जा सुरक्षण निगमले सुरक्षणको काम गर्दै आएको छ ।

अहिलेसम्ममा १ सय ५० वटा बैंक तथा वित्तीय संस्थाको ३ खर्ब १८ अर्ब ३६ करोड रुपयाँ बराबरको निक्षेप सुरक्षण भएको राष्ट्र बैंका प्रवक्ता त्रिलोचन पंगेनीले बताए ।

त्यसैगरी, हालसम्म २ खर्ब ९३ करोड रुपैयाँ कर्जाको सुरक्षण भइसकेको पंगेनीले जानकारी दिए । कुनैपनि बैंक तथा वित्तीय संस्थाहरु डुब्दा त्यसबाट साना निक्षेपकर्ताहरु मारमा नपरुन भनेर सरकारले २ लाख रुपैयाँसम्मको निक्षेप गर्न थालेको प्रवक्ता पंगेनीले बताए ।

‘यसरी सुरक्षण गरिएको रकम संस्था डुबे पनि निगमनले तिर्ने भएकाले बैंकिङ क्षेत्रप्रति सर्वसाधारणको विश्वास जगाउन साना निक्षेपकर्ताको निक्षेपको बीमा गरिएको हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment