Comments Add Comment

आपतकालिन कार्यसञ्चालन केन्द्र नहुँदा समस्या

aagolagi

१९ साउन, ताप्लेजुङ । पूर्वका चार जिल्लामा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना नहुँदा प्राकृतिक विपतको समयमा केन्द्रमा तत्काल समन्वय र सहज सुचना आदन प्रदान गर्न समस्या भएको छ ।

पूर्वाञ्चलका सोह्र मध्ये ताप्लेजुङ सहित एघार जिल्लामा यस्तो केन्द्र सञ्चालनमा आईसके पनि पाँचथर, तेह्रथुम, उदयपुर र ओखलढुङ्गामा अझै स्थापना हुन सकेको छैन ।

आगलागी, भूकम्प, बाढिपहिरो, चट्याङ र दुर्घटना जस्ता प्रकोप र विपतका बेला तत्काल उद्धार र राहतका सामाग्रि वितरणका लागि केन्द्र स्थापना गर्ने भनिए पनि आवस्यक भौतिक पूर्वाधारको अभावले ढिला भएको क्षेत्रिय प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।

कार्यालय सञ्चालन हुन नसक्दा पछिल्लो समय ती जिल्लाको बाढि पहिरोको सुचना केन्द्रमा पुर्‍याउन र तत्काल राहतको व्यवस्था गर्न ढिला हनेगरेको कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment