Comments Add Comment

कांग्रेसले गृह र परराष्ट्रसहित १५ मन्त्रालय माग्यो

भागवण्डाका लागि बानेश्वरमा दुईदलवीच छलफल

prachanda--sherbahadur

२० साउन, काठमाडौं । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको नयाँ सरकारमा गृह र परराष्ट्रसहित १५ मन्त्रालय दाबी गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको भोलिपल्ट कांग्रेसले मन्त्रालयको दाबी बढाएको हो ।

नयाँ सरकार गठनका लागि सातबुँदे सहमति गरेका कांग्रेस र माओवादीबीच यसअघि १३ र ९ मन्त्रालय लिने समझदारी भएको थियो ।

तर, प्रचण्डलाई प्रधानमन्त्री बनाएलगत्तै कांग्रेसले थप दुई मन्त्रालयमा दाबी गरेको माओवादी स्रोतले जनाएको छ । कांग्रेसलाई गृह दिने र माओवादीले अर्थ मन्त्रालय राख्ने सहमति भएको छ । उसले परराष्ट्र कुनै हालतमा नछोड्ने बताएको छ । अहिले कांग्रेसले शहरी विकाससँगै भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा पनि दाबी गरेको स्रोतको दाबी छ ।

मन्त्रालय बाँडफाँडबारे सहमति खोज्न सत्तारुढ दुई घटक माओवादी केन्द्रका अध्यक्ष एवं नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच विहीबार बिहान नयाँ बानेश्वरमा वार्ता हुँदैछ ।

यो वार्तापछि मात्र प्रधानमन्त्रीको सपथपछि गठन गरिने मन्त्रिपरिषदमा मन्त्री बन्नेहरुको नाम टुंगो लाग्नेछ । कांग्रेस र माओवादीबाट केही मन्त्री नियुक्त गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ । प्रचण्डको सपथ ग्रहण दिउँसो ३ बजे तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment