Comments Add Comment

डिफेण्डर भर्मेलेन बार्सिलोनाबाट लोनमा एएस रोमा गए

Thomas-Vermaelen

आर्सनलका पूर्व डिफेण्डर थोमस भर्मेलेन बार्सिलोनाबाट इटलीयन क्लव एएस रोमामा लोनमा एक सिजनका लागि आवद्ध भएका छन् ।

३० बर्षीय सेन्टर डिफेण्डर भर्मेलेनले सन् २०१४ को समरमा इमिरेट्स छाडेका थिए । तर त्यस सिजन इन्ज्युरीका कारण उनी पूरै समय बेन्चमा रहे । गत सिजनपनि उनले बार्सिलोनाको सुरुवाती टोलीबाट मैदानमा उत्रने अवसर पाएनन् । रोमामा उनी पहिलो टोलीमा पर्ने अपेक्षा गरिएको छ ।

बेल्जियमका यी स्टारले बार्सिलोनाबाट गएको दुई सिजन मात्र २१ पटक मैदानमा उत्रिएका छन् । जसमा १ गोलपनि गरेका छन । भर्मेलेनको स्टाडियो ओलम्पिकोमा अवद्ध हुनुले रोमाको सेन्टरब्याकमा उनको जिम्मेबारीको आंकलन गरिएको छ । नियमित डिफेण्डर कोस्तास मानोलास सिरी ए छाडेर प्रिमियर लिग जाने तयारी गरिरहेका छन् ।

गि्रसका डिफेण्डर कोस्तासलाई म्यान्चेस्टर युनाइटेड, सिटी लगायतका क्लवहरु इच्छुक देखिएका छन् । उनको मुल्य २५ मिलियन पाउण्ड भएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment