Comments Add Comment

नेविसंघ अध्यक्षमा पौडेल समूहबाट दुई उम्मेदवार

Manojmani and Anand Tripathi
मनोजमणि आचार्य (वायाँ) र आनन्दप्रसाद त्रिपाठी

३२ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको अध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ताको समय केहीबेरमै सकिनेछ ।

अध्यक्षका लागि शेरबहादुर देउवा र गगन थापा-प्रदिप पौडेल समूहबाट नयनसिंह महरको उम्मेदवारी परेको छ ।

रामचन्द्र पौडेल समूहबाट दुई जनाको उम्मेदवारी परेको छ । मनोजमणि आचार्य र आनन्दप्रसाद त्रिपाठीको उम्मेदवारी परेको छ । आचार्यलाई रामचन्द्र पौडेल लगायतको समर्थन छ भने त्रिपाठीलाई नेता शेखर कोइरालाले समर्थन गरेको छ ।

यस्तै शुभराम बस्नेत, बचन कार्की, नगेन्द्रसिंह ठकुरी र लक्ष्मण आचार्यको पनि अध्यक्षमा उम्मेदवारी परेको छ ।

महामन्त्रीमा पाँच जनाको उम्मेदवारी परेको छ । राजेश ज्ञवाली, कुन्दन काफ्ले, सरोज थापा, हिमाल दत्त श्रेष्ठ र दिपक भट्टको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा चार जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment