Comments Add Comment

क्षणभरमै खरानी भयो मिनीमार्केट

आगलागीबाट जोगाइएको सामान चोरी

aaglagi jhapa (1)२ भदौ, झापा । बुधबार दिउँसो कृषिथोक बजारभित्र रहेको आफ्नो कस्मेटिक पसल अगाडि मोहमद अली झोक्राइरहेका भेटिए ।

पसलबाट हुने आम्दानीले दैनिकी चलाउँदै आएका उनका लागि यस हप्ताको बुधबार निक्कै महङ्गो सावित भयो ।

विहान करिब ४ बजे उनको पसलमा आगलागीहुँदा आयस्रोतको माध्यम नै बन्द भयो । उनले बिहीबार मात्र तीजका लागि सामान खरिद गरेर ल्याएका थिए ।

‘हिजो मात्र तिजका लागि चुरा, धागो, पोते, रातो वस्त्रहरु, धातुका गरगहना लगायतका सामग्री ल्याएको थिएँ’, उनले भने, ‘आगोले सबै ध्वस्त भयो । अब कसरी सामान्य अवस्थामा फर्किने चिन्ता लागिरहेको छ ।’

कुरा गर्दै जाँदा उनी भावुक भने । र, भने, ‘विहान ४ बजेतिर कसैले मलाई फोन गरेर पसलमा आगलागी भएको सुनायो । दगुरेर गएँ । तर, एकैछिनमा पसल खरानी भइसकेको रहेछ ।’

उनको पसलमा भएका सबै सामानहरु जलेर नस्ट भएका थिए । साँझसम्म पनि धुँवाको गन्ध आइरहेको थियो । क्रिम, पाउड लगायतका सामान पनि उनले केही दिन अघि मात्र ल्याएका थिए । तर, ती सबै आगोले ध्वस्त भए ।

आगलागीबाट उनको मात्रै करिब १० लाख रुपैयाँ बराबरको क्षति भयो । मोहमदको मात्र होइन, त्यस क्षत्रका अन्य १० पसल पनि क्षणभरमै जलेर खरानी भए ।

aaglagi jhapa (3)

जोगाइएका सामानमा आँखा लागे !

अन्य १० पसलमा पनि आंशिक क्षति पुगेको छ । ती पसलहरुमा भएका सामानलाई स्थानीयले निकालेपछि क्षति हुनेबाट जोगिएको थियो ।  यसरी अन्य १० पसलका सामान जोगिए ।

तर, जोगाइएका सामान पनि चोरी भएको ती पीडित व्यवसायी बताउँछन् ।

त्यहाँ कपडा पसल सञ्चालन गरिरहेका दुलाल राजवंशी भन्छन्, ‘आगलागी भएको थाहा पाएपछि पसलबाट सामानहरु बाहिर निकाल्यौं । तर, राखेकै ठाउँबाट पनि सामानहरु चोरी भए ।’
आगोलागीले पीडा दिइरहेका वेला जोगाइएका केही सामानहरु पनि चोरी हुँदा उनी अझ चिन्तित बने । उनी दिन भर डडेका कपडाहरुको थाक वरिपरि नै बसी रहे ।

‘विहान मर्निङ वाल्कमा हिँडेका एक जना साथीले पसलबाट धुँवा आइरहेको देखेछन्’, उनले सुनाए, ‘त्यसपछि उनले फोन गरे । तुरुन्त गएर सामानहरु निकाल्ने प्रयास गरेको थिएँ ।’

त्यहाँका अन्य पीडित व्यापारीहरु पनि जलेको पसलको दायाँ र बायाँ दुवैतर्फ लस्करै बसेका थिए ।
जोगिएका केही सामानहरु सुम्सुम्याउँदै थिए, ती पीडित व्यवासायी ।

७० पसल, १ मिटर बक्स !

विर्तामोड नगरपालिकाले व्यवसायीहरुलाई व्यवस्था गरिदिएको हो, यो भवन । जहाँ ७० वटा पसल छन् ।

ती पसलहरुमा जुत्ताचप्पल, कस्मेटिक, रेडिमेड कपडा लगायत पाइन्छन् । तर, सबै पसलका लागि एउटा मात्र विद्युत् मिटर बक्स छ ।

एउटा मिटर बक्सले विद्युत् भार थेग्न नसक्दा सर्ट भएको हुन सक्ने अनुमान सहजै गर्न सकिन्छ ।
नगरपालिकाले विद्युतीय महसुल, बहाल कर आदि लिने तर विद्युत् क्षमता विस्तार गर्न व्यवसायीलाई सहयोग नगरेकाका कारण आफूहरुले क्षति व्यहोर्नु परेको व्यवसायीले गुनासो गरे ।

दुई घण्टामा १ करोड क्षति

बिहान करीब ४ बजेदेखि शुरु भएको आगलागी ६ बजे मात्र नियन्त्रणमा आएको थियो ।

दमक, बिर्तामोड, मेचीनगर र भद्रपुर नगरपालिकाका चार दमकल, प्रहरी र स्थानीयवासीको २ घण्टा लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो ।

यसैेबीच, आगालागीबाट करीब १ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनायो ।

विर्तामोड नगरपालिकाले बनाएको यो ‘मिनी मार्केट’ मा सञ्चालित पसलमा राति कुनै पनि व्यवसायी नबस्ने भएकाले मानवीय क्षति भने हुन पाएन । नगरपालिकाले दुई वर्ष अघि यो मार्केट निर्माण गरेको थियो ।

aaglagi jhapa (2)निर्माण सकेर बहालमा लगाइसकेपछि न त ती भवनको नगरपालिकाले हेरचाह नै गर्‍यो न त व्यवसायीको गुनासो नै सुन्यो ।

‘हामीले पटक पटक नगरपालिकालाई विद्युत् मिटरका बारेमा मौखिक जानकारी गराएका हौं’, व्यवसायी भन्छन्, ‘तर, हाम्रो आग्रहलाई नगरपालिकाले वास्तै गरेन ।’

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्री आगलागी बारे चाँढै जानकारी पाएर सबै उद्दारमा जुट्न सक्दा क्षति कम भएको बताउँछन् ।

उनले भने, ‘यसरी सबै जुट्न नसकेको भए बुधबारे हटियाको कृषि मण्डी तहसनहस हुने थियो ।’

अग्नी पीडितलाई कर्णालीको सहयोग

विर्तामोडमा बुधबार भएको आगलागीका पीडितलाई यहाँको कणर्ाली बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गर्ने भएको छ ।

संस्थाका अध्यक्ष टिएस प्रधानका अनुसार कणर्ालीका ६ जना अग्नी पीडित सदस्यलाई जनही १० हजार रुपैयाँ राहत दिइने भएको हो ।

गैह्र सदस्यलाई पनि संस्थाको तत्काल सदस्य बनाइ ब्याजरहित दुई लाख रुपैयाँ कर्जा प्रवाह गर्ने योजना रहेको अध्यक्ष प्रधानले बताए ।

उनले भने, ‘हामी आगलागीबाट विक्षिप्त बनेका पीडितलाई एक वर्षका लागि व्याजरहित कर्जा प्रवाह गर्ने योजनामा छौं । हाम्रो योजनाबाट व्यवासायीलाई व्यवसाय गर्न तत्काल राहत पुग्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment