Comments Add Comment

कर्णालीमा चरम खाद्य संकट, सरकारको आँखा अझै परेन

Rice,-chamal४ भदौ, काठमाडौं । सरकारी कामकाजमा कतिसम्म ढिलासुस्ती हुँदैआएको छ, त्यसको गतिलो उदाहारण हो कर्णालीमा चामल ढुवानी हुन नसकनु ।

केपी ओली सरकारका पालामा ढुवानी गर्ने भनेर सुरु भएको प्रक्रिया प्रचण्ड नेतृत्वको सरकार बनिसकेपछि पनि नटुंगिएको आजको अन्नपूर्णमा राजेश शर्माले समाचार लेखेका छन् ।

यसअघिका आपूर्तिमन्त्री गणेशमान पुनको त आँ परेन परेन, नयाा आपूर्तिमन्त्री दीपक बोहोराले पनि चासो दिएको देखिएको छैन ।

सरकारी ढिलासुस्ती र बेवासताका कारण कर्णालीबासी खाद्य अभावको कठोर समस्या भोग्दैछन् ।
सूस्ती र लम्बेतान प्रक्रियाका कारण कर्णालीको खुक्खा प्रभावित क्षेत्रमा विशेष राहत कार्यक्रमअन्तर्गत हालसम्म सरकारले चामल ढुवानी गर्न सकेको छैन ।

कर्णालीका केही क्षेत्रमा भोकमरी सुरु भएको ट महिना भइसकेको छ ।  त्यस क्षेत्रमा गत चैतदेखि चामल ढुवानी भएको छैन ।

ढुवानी हुन नसक्दा कर्णालीका आठ गाविसका बासिन्दासाग चामल मौज्दात शून्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment