Comments Add Comment

सल्यानमा चट्याङ लागेर एकको मृत्यु, २ घाइते

Chatyang

१२ भदौ, सल्यान । सल्यानको वामेमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । वामे गाविस-७ खानीगाउँकी ३५ वर्षीया धनसरी पुनको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्लीबजारका प्रहरी प्रमुख चक्रबहादुर खत्रीले जानकारी दिए ।

बाख्रा चराएर जंगलबाट फर्किने बेला शनिबार ५ बजेतिर चट्याङ लागेर पुनको मृत्यु भए पनि आफूहरुले आइतबारमात्रै खबर पाएको उनले जानकारी दिए ।

चट्याङ लागेर ६ वटा बाख्रासमेत मरेका छन् ।

घटनास्थल इलाका प्रहरी कार्यालय सल्लीबजारबाट पाँच घण्टाको दुरीमा पर्दछ ।

यस्तै शनिबार नै परेको चट्याङले सल्यानको देवस्थल २ माल्पेमा २ जना घाइते भएका छन् । घाइतेहरु दुबै प्राथमिक उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment