Comments Add Comment

विद्युत आयोजनामा सेयर पाउन जग्गा किन्ने बढे, जग्गा नहेरि कारोबार

जग्गा किन्ने सबै इलामका

tamor_river१७ भदौ, ताप्लेजुङ । गैर आवासीय नेपालीको लगानीमा सानिमा हाइड्रोपावर र सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रालिले ताप्लेजुङमा विद्युत उत्पादन गर्ने तयारी गरेसँगै प्रभावित क्षेत्रमा जग्गाको कारोवार हृवातै बढेको छ ।

प्रभावित क्षेत्रका स्थानियबासीलाई आयोजनाले सेयर हाल्न दिने भएकाले सेयरको लोभमा आयोजना प्रभावित गाविसमा जग्गा किन्नेको संख्या बढेको जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख कृष्णप्रसाद गौतमले बताए ।

आयोजनाको बढि प्रभावित खोक्लिङ गाविसमा सबैभन्दा बढि जग्गा किनबेच भइरहेको गौतमले जानकारी दिए । साउन महिना यता मात्र सो गाविसमा ३ सय २४ पटक जग्गा कारोवार भएको उनले बताए ।  “साउन १ गते देखि अहिलेसम्म कार्यालयमा ५ सय ९९ लिखत पास भएको छ, त्यसमा पनि ३ सय २४ लिखत सबै खोक्लिङ गाविसको हो, चार आना देखि आठ आनासम्म जग्गा खरीद विक्री भईरहेको छ” प्रमुख गौतमले भने ।

ताप्लेजुङमा गैरआवसीय नेपालीहरुकै लगानीमा ४ सय ७२ मेगावाटको विद्युत उत्पादनको तयारी भइरहेको छ । आगामी तीन वर्षभित्र माथिल्लो तमोर जलविद्युत आयोजनाबाट ४ सय १५ र मध्यबाट ५७ मेगावाट गरी ४ सय ७२ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम सुरु भईरहेको सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रालिले जनाएको छ ।

जग्गा किन्ने सबै इलामका

विद्युत उत्पादन गर्दा सबै भन्दा बढि प्रभाव पर्ने ताप्लेजुङको खोक्लिङ गाविसमा अहिले जग्गा किन्ने सबै इलाम जिल्लाका रहेका छन् ।

यस अघि सानिमा हाईड्रोपावर र सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रालिले इलाममा विद्युत उत्पादन गरेको थियो । विद्युत उत्पादन गर्दा इलामको दानाबारी र चिसापानी गाविसका स्थानीयले सो आयोजनामा सेयर लगानि गरी राम्रो नाफा निकालेकाले ताप्लेजुङमा पनि सेयर लगानि गर्ने र नाफा कमाउने लोभमा जग्गा किन्न दुई गाविसका स्थानियको जिल्ला मालपोत कार्यालय ताप्लेजुङमा भिडनै लाग्ने गरेको छ ।

इलामको दानाबारी र चिसापानी गाविसबाट गाडिनै रिर्जब गरी ताप्लेजुङ आउने र प्रति व्याक्ति चार आना देखि आठ आनासम्म जग्गा खरीद गरी र्फकने गरेको मालपोत कार्यालय ताप्लेजुङका प्रमुख कृष्णप्रसाद गौतमले बताए ।

सानिमा हाइड्रोपावर र सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रालिले इलाममा माईखोलाको पानी दानाबारी गाविसमा निकाल्न चिसापानीबाट १ सय ८६ मिटर र दानाबारीबाट १ सय ६४ मिटर सुरुङ बनाई विद्युत उत्पादन गरेको थियो । सो समयमा नै आयोजनाबाट प्रभावित भएका दानाबारी र चिसापानी गाविसका स्थानियले आयोजनामा सेयर लगानि गरेका थिए ।

जग्गा नहेरी कारोवार

आयोजनामा सेयर लगानि गर्ने र नाफा कमाउने दाउमा जग्गा किन्न ताप्लेजुङ आउनेले जग्गा नहेरी धमाधम किनिरहेका छन् ।

सेयर लगानि गर्ने समयमा प्रभावित गाविसको धनिपुर्जा र जग्गा धनि देखिने कागजपत्र भए पुग्ने भएकाले प्रभावित बन्नका लागि मात्र उनिहरुले जग्गा किनिरहेका हुन् ।

“आयोजना प्रभावित खोक्लिङ गाविसबाट जग्गा धनिलाई मालपोत कार्यालय ल्याउन र लामको दानाबारी र चिसापानी गाविसबाट सेयर कारोबार बुझेकालाई जग्गा खरीद गर्न ताप्लेजुङ ल्याउने जग्गा दलालको भुमिका हुन्छ, त्यस पछि भिर, पाखा, खेत, जंगल जे भए पनि प्रभावित बन्न जग्गा खरीद गरी इलामबाट अाएका ग्राहक सदरमुकामबाटनै फर्कने गरेका छन्,” मालपोत कार्यालयका एक कर्मचारीले भने ।

“इलामका स्थानियलाई जग्गा भएको धनिपुर्जा भए पुग्यो खोक्लिङ गाविसका सबै भिर पहरा विक्री भईसक्यो” मालपोत कार्यालय छेउ लेखापडि व्यवसाय गर्दै आएका शेरबहादुर लिम्बुले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment