Comments Add Comment

संविधान संशोधन नभए देश ठूलो संकटमा पर्छः उपेन्द्र यादव

Upendra-Yadav

२५ भदौ, रामेछाप । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधन संसोधन नभए देशले ठूलो संकट व्यहोर्नु पर्ने चेतावनी दिएका छन् ।

फोरम नेपालले सदरमुकाम मन्थलीमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यादवले अहिलेको संविधान दुईचार जना नेताले वालुवाटारमा बसेर बनाएको आरोप लगाए । ‘फाष्ट ट्याकको नाममा संविधानसभामा छलफल नै नगराई सबै प्रक्रियालाई निलम्बन गरेर जवर्जस्ती संविधिान जारी गरियो’ उनले भने, ‘संविधानसभाले तयार गरेको ड्राफ्टको मर्मलाई मारेर ल्याएको यो संविधान हामीलाई स्वीकार्य छैन ।’

नयाँ संविधानले नेपाल र नेपालीको भावनालाई सम्वोधन गर्न नसकेको उनको दाबी छ । आफूहरुले संविधानको पुनर्लेखन नभई संशोधन मात्र चाहेको भन्दै उनले भने, ‘संविधानमा भएका कुराहरुलाई संशोधन गरेर लेख्नु भनेको पुर्नलेखन नै हो । तर कसैलाई यो भाषा मन पर्दैन भने यसलाई संसोधन भने पनि हुन्छ । तर, अहिलेको संविधानमा लेखिएका कुरालाई जस्ताको तस्तै मान्ने पक्षमा हामी छैनौं ।’

संविधानमा संघीयता, पहिचान, समावेशीता, निर्वाचन प्रणाली र शासकिय स्वरुपमा परिवर्तन हुनु पर्ने उनले बताए ।

स्थानीय चुनाव सम्भव छैन

पत्रकार सम्मेलनमा मधेसी मोर्चाका नेता समेत रहेकायादवले अहिलेकै अवस्थामा सरकारले गर्ने भनेको स्थानीय निकायका निर्वाचन हुन नसक्ने प्रष्ट पारे । संविधान संशोधन नभएसम्म कार्यान्वयनमा नआउने र संविधान कार्यान्वयनमा नआएसम्म देश संघियताको अभ्यासमा जान नसक्ने उनको तर्क छ ।

यादवले राष्ट्रिय मुद्दालाई सम्वोधन गर्ने गरी संविधान संसोधन गर्ने सर्तमा आफूहरुले अहिलेको सरकारलाई समर्थन गरेको बताए । ‘अहिलेको सरकारलाई समर्थन गर्नुको अर्थ संविधानमा भएका गलत कुरालाई समर्थन गर्नु हैन, हामी हाम्रा मागमा अडिग छौं’, यादवले भने ।

आफूहरु संसदबाट नै सबैखालका समस्या समाधन हुन्छ भन्नेमा विश्वस्त रहेको भन्दै उनले यसमा सबै दलले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment