Comments Add Comment

१९७४ एडीको प्रस्तुतिमा झुमे अमेरिकावासी नेपाली

1974-AD

वाशिंगटन डिसी । अमेरिका भ्रमणमा रहेको नेपालको चर्चित व्याण्ड १९७४ एडीले भर्जिनियाको एनाडोलमा आफ्नो प्रस्तुति दिएको छ ।

गत शनिबार साँझ, लामो समयको पर्खाइपछि आफ्ना प्रिय कलाकारहरुको प्रत्यक्ष प्रस्तुतिले हलमा खचाखच भरिएका दर्शकहरु खुसी र हर्षले झुम्दै गीतमा साथ दिएका थिए ।

नेपाली गीत र संगीतको आकाशमा पृथक पहिचान बनाउन सफल भएको १९७४ एडीले नेपाली परम्परागत बाद्यबादनहरु बाँसुरी, मादल देखि आधुनिक बाद्यबादन समेत प्रयोग गरेको थियो ।

1974-AD-America

उनीहरुले यो मन त मेरो नेपाली हो, पुराना लोकप्रिय तथा नयाँ गीतियात्राका गीतहरु प्रस्तुत गरेका थिए । अमेरिकाको यात्रालाई हजार सपना यात्रा नाम राखिएको कार्यक्रममा नेपाली समुदायले भरपुर मनोरञ्जन लिएका थिए । झन्डै एक दशक पछाडि डिसीमा आˆनो कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुशी लागेको १९७४ एडीका कलाकारले बताए ।

यसै गरी यस कार्यक्रमको लागि बिशेष बिज्ञापन प्रायोजित गर्ने पिपुल एन टेक नामक संस्थाले कार्यक्रम हेर्न आएका दर्शकले भरेको चिÝा बाट भाग्यशाली एक जना बिजेतालाई करिब ४ हजार डलर रकम बराबरको सुचना प्रबिधि सम्बन्धि छात्रवृद्धि यसका संस्थापकले कार्यक्रमबीच प्रदान गरेका थिए ।

कार्यक्रममा डिसी महानगर क्षेत्रमा रहेका स्थानीय कलाकारको संगीत मण्डलीको साथै भर्जिनियाकी बिद्यार्थी प्रकृती देउजाले सांगीतिक साँझ शुभारम्भ हुनुअघि आ-आˆना गीतहरु प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment