Comments Add Comment

सहयोग जुटाउन पोखरामा डान्स पार्टी

dans party२ असोज, पोखरा । सुर्योदय डान्स एकेडेमीले अभिभावकबिहीन एचआईभी संक्रमित बालबालिकाको शिक्षाको लागि सहयोगार्थ सन्डेज फन डान्स पार्टी गर्ने भएको छ ।

आइतबार सााझ ६ बजे ओजोन डान्सबारमा डान्स पार्टी गर्ने भएको हो । उक्त ‘सन्डेज फन डान्स पार्टी’बाट उठेको रकम अभिभावक नभएका एचआईभी संक्रमित बालबालिकाको शिक्षाको लागि सहयोग गर्ने र विश्वकला यात्री नगेन शिंह ठकुरीको यात्राको लागि सहयोग गर्ने एकेडेमिका सदस्य सेलिन प्रबिनले बताए । पार्टीमा प्रवेस गर्नका लागि २००, ५०० र १००० पैयाँको टिकट लिनुपर्ने आयोजकले जनाएको छ ।

सो पार्टीको मुख्य प्रायोजक जुगल इन्टरनेशनल ओभरशिज र अन्य सहयोगीहरु वेलकम बुटिक, नगेन आर्ट ग्यालरी, तिर मैन लिई, जनएकता बचत तथा ऋण सहकारी संस्था, एबिसी मार्ट, डी एण्ड डी डान्सबार एण्ड रेष्टुरेण्ट, उत्तम खाजा घर, एटी जिम, लोयल हार्टलगायत व्यक्तिहरु रहेका छन् ।

सुर्योदय डान्स एकेडेमीले बिगतमा पनि भूकम्पपीडित र सडक बालबालिकाको लागि न्यानो कपडा, मृगौला रोगीलाई सहयोग, रक्तदान जस्ता विभिन्न काम गरेको एकेडेमिका सदस्य आनिया तामाङ्गले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment