५ असोज, काठमाडौं । ‘दिगो शान्तिः राष्ट्र विकासको आधार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ ।
शान्ति दिवसको अवसरमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय लगायतका सरकारी निकाय र गैरसरकारी संघसंस्थाहरुले राजधानी सहित मुलुकभर आज विविध कार्यक्रमको आयोजना गरेका छन् । मन्त्रालयले राजधानीस्थित शान्तिवाटिकामा प्रभातफेरी गरेको छ ।
संयुक्त राष्ट्रसंघको आहृवानमा हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा यो दिवस मनाउने गरिएको छ । राष्ट्रसंघको ५५ औँ वार्षिक साधारणसभाले प्रस्ताव पारित गरी संसारका सबै देश र जनतामा शान्तिको कामना सहित आजको दिनलाई अन्तर्राष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।
नेपालले भने २०६५ सालदेखि यो दिवस मनाउन थालेको हो । १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियाको संस्थागत सुरुवात भएको खुसियालीमा नेपालमा शान्ति दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया 4