
१४ वैशाख, काठमाडौं । आमाको मुख हेर्ने दिन मातातीर्थ औँसीको अवसर पारेर गायिका स्मिता दाहालको नयाँ गीत ‘आमा’ सार्वजनिक गरिएको छ । आइतबार दिउँसो युट्युबमार्फत सार्वजनिक भएको यो गीतले आमाको माया, संघर्ष र समर्पणलाई प्रस्तुत गरेको छ ।
गीतको शब्द सिर्जना र संगीत चेतन सापकोटाले गरेका छन् भने संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । भिडियोमा गायिका दाहाल स्वयं र अभिनेता आकाश श्रेष्ठले प्रमुख भूमिका निर्वाह गरेका छन् । साथै, बाल कलाकार दीप्शिका श्रेष्ठको समेत उपस्थिति देख्न सकिन्छ ।
भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुने भने सम्पादन तथा रङ संयोजन विकास ज्ञवालीले गरेका छन् । कथा र निर्देशन सुनिल क्षेत्रीको रहेको छ ।
यस गीतको कथामा विमान दुर्घटनामा पति गुमाएपछि एउटी आमाले सन्तानलाई हुर्काउन गरेको संघर्ष देखाएएको छ । आमाको अतुलनीय योगदान र ममतालाई गहिरो भावनाका साथ उजागर गर्ने प्रयास गरिएको छ ।
प्रतिक्रिया 4