Comments Add Comment

एटलान्टामा मध्य शरद उत्सव सम्पन्न

Atlanta-sarad-utsav

वाशिंगटन डिसी । गत सेप्टेम्बर १७ मा अमेरिकाको एटलान्टामा अन्तर्राष्ट्रिय समुदायको पहलमा शरद ऋतु उत्सव सम्पन्न भएको छ ।

कार्यक्रममा बिभिन्न देशका आ-आफ्नो खानाको परिकारे, अस्थायी छाप्रो, देश झल्किने पोशाक, सामग्रीहरुको सजावट तथा प्रदर्शनी गरिएको थियो । सांस्कृतिक कार्यक्रमको प्रस्तुतिले उत्सवमा आएका सबै आगन्तुकले मनोरञ्जन लिएका थिए ।

कार्यक्रममा सिंह नाच, बच्चाहरुको लागि ल्यानटर्न प्रतियोगिता, मार्सलआर्ट प्रदर्शनी, गीत, संगीत, नृत्य लगायत विविध प्रस्तुतिले उत्सव अझ रोचक बनेको थियो ।

नेपालको प्रदर्शनी कक्षको सजावट गर्न अमेरिकाको लागि विश्व हिन्दु महासंघको अध्यक्ष किरण श्रेष्ठ तथा परिवार बिहानै देखि खटिएका थिए ।

कार्यक्रमको पहिलो चरणमा आ-आफ्नो देशको प्रतिनिधिहरुले मन्तब्य राख्ने क्रममा पर्यटन दूत राजा घलेले सबैको जीवन कालमा एकपल्ट नेपाल जानै पर्ने देश भनेर नेपालको परिचय तथा सौन्दर्यको बारेमा बोलेका थिए ।

सांस्कृतिक कार्यक्रममा नेपाली राष्ट्रिय गीत ‘आँखैमा राख्छु मेरो देश’ को बोलमा बीनु गुरुङ (कुँवर), अन्जु गुरुङ र मन्जु गुरुङले नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment