Comments Add Comment

मेस्सी घाइते, तीन साता मैदान बाहिर रहने

Messi

६ असोज, काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा घाइते भएका छन् ।

खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलका क्रममा मेस्सी घाइते भएका हुन् । र, अब तीन साता मैदान बाहिर रहने भएका छन् ।

यसअघि उनले चोटकै कारण विश्वकप छनौटमा भेनेजुएलाविरुद्धको खेल गुमाएका थिए । तर, यो सिजन उनले ला लिगामा पाँच वटै खेल खेले ।

मेस्सी च्याम्पियन्स लिग अन्तरगत १९ अक्टोबरमा हुने म्यानचेष्टर सिटीसँगको खेलमा फर्कने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment