Comments Add Comment

को-को छानिए एमालेमा ९ कमाण्डका टोली नेता ?

गुटबन्दी र भागबण्डामा नेपाल ओली पक्षको आरोप प्रत्यारोप

UML-CC-Meeting

६ असोज, काठमाडौं । एमाले केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलपछि टोली नेता चयन भएका छन् । सात प्रदेश र केन्द्रका बिभाग तथा फाँटमा आबद्ध केन्द्रीय सदस्य समेत जोडेर ९ टोलीका नौ जना नेता चयन भएका हुन् ।

अध्यक्ष ओलीको प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । त्यसपछि निष्कर्ष सुनाउन प्रत्येक समूहले सहमतिका आधारमा टोली नेता छानेको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जानकारी दिए ।

जस अनुसार प्रदेश नम्बर १ बाट जगन्नाथ खतिवडा, २ बाट प्रल्हाद गिरी, ३ बाट अरुण नेपाल र ४ बाट जगत विश्वकर्मा टोली नेता चयन भएका छन् । त्यस्तै प्रदेश ५ बाट बैजनाथ चौधरी, ६ बाट यमलाल कँडेल र ७ बाट निरा जैरु छानिए ।

बिभिन्न बिभागहरुको समूहबाट रचना खड्का र फाँटहरुबाट विश्वनाथ प्याकुरेल टोली नेता छानिएका छन् । टोली नेताहरुले आ-आफ्नो समूहको निष्कर्ष सुनाउने क्रम जारी रहेको जैरुले बताइन् ।

टोली नेताको निष्कर्ष चित्त नबुझ्नेले हात उठाएर २ मिनेटमा आफ्नो भनाइ राख्न पाउने र नेतालाई २० मिनेटमा निष्कर्ष सुनाउन समय दिइएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

गुटबन्दी व्यवहारले अन्त गर्न सुझाव

अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने केन्द्रीय सदस्यहरुले नेताहरुले गुटबन्दी मुखले होइन व्यवहारले अन्त गर्नुपर्ने बताएका थिए । माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरुले पार्टी सञ्चालन गुटका आधारमा भएको भन्दै रोष प्रकट गरेका छन् ।

सरकारमा रहदा अध्यक्ष केपी शर्मा ओलीले लिएको राष्ट्रिय हितको पक्षको अडानमा पार्टीमा कुनै बिरोध नरहे पनि सरकार सञ्चालनमा समेत एकलौटी भएको नेपाल पक्षको आरोप थियो । मन्त्री चयनदेखि राजनीतिक नियुक्तिमा समेत भेदभाव भएको नेपाल पक्षको आरोप छ ।

ओली पक्षधर केन्द्रीय सदस्यहरुले भने पार्टीलाई बिगतको ढुलमुले चरित्रबाट ओलीले सशक्त बनाएको र माधव नेपाल पक्षले अनावश्यक गुटबन्दी र भागबण्डा खोजेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment