Comments Add Comment

२ करोडको लागतमा पोखरामा खुल्यो स्पोर्टस बार, रमाइलो गर्दै खेल हेर्न सकिने

Paradiso-Sports-Bar-&-Grill

६ असोज, पोखरा । के तपाईं रेष्टुरेण्ट वा बारमै बसेर खेलकुद प्रतियोगिता हेर्न चाहनुहुन्छ ? यदि यस्तो चाहना राख्नुहुन्छ भने तपाईंकालागि खुशीको खबर छ ।

खेलकुदका समर्थकहरुलाई लक्षित गरी बारमै बसेर रमाइलो गर्दै प्रतियोगिता हेर्ने ब्यवस्थासहित पोखराको लेकसाइडमा २ करोडको लागतमा प्याराडिजो स्पोर्टस् बार एण्ड गि्रल सञ्चालनमा आएको छ ।

कास्की जिल्ला फुटवल संघ (एन्फा) कास्कीका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईले सो बार सञ्चालनमा ल्याएका हुन् । यो बार सञ्चालनमा आएपछि खेल समर्थित आन्तरिक तथा वाहृय पर्यटकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

बिदेशमा हुने प्राय प्रतियोगिताहरु साँझ वा राती हुने गर्छन् । त्यहि समयमा रमाइलोका लागि भन्दै मानिसहरु बार छिर्छन् । प्रतियोगिता हेर्नेले घरमै बस्नुपर्ने र बारमा जानेले प्रतियोगिता छुटाउनुपर्ने बाध्यता हुन्छ ।

‘बारमा गएर रमाइलो पनि गर्ने र प्रतियोगिता पनि नछुटाउने उपाय स्वरुप मैले प्याराडिजो स्पोर्टस् बार एण्ड गि्रल सञ्चालनमा ल्याएको हुँ,’ भट्टराईले भने ।

बारमा दर्शकका लागि भनेर छुट्टाछुट्टै ठाउँमा ठूलठूला ४/५ वटा टिभी राखिएको छ । ग्राहकले चाहे अनुसारको स्पोर्ट्स च्यानल लगाएर लाइभ प्रतियोगिता हेर्न सक्ने ब्यवस्था गरिएको छ ।

दर्शकले बारमै बसेर हुटिङ गर्दै खेल हेर्न सक्ने भट्टराईले बताए । ग्राहकले बारभित्रै पुल, डार्ट गेम, चेसलगायतका इनडुअर गेमहरु पनि खेल्न सक्ने उनले बताए । त्यसका लागि ग्राहकले अर्डर गरेलगत्तै बार म्यानहरुले आवश्यक्ता अनुसार खेल सामग्री उपलब्ध गराउनेछन् ।

यो बारमा छिर्नेले अल्कोहोलिक पदार्थ पिउनै पर्ने बाध्यता पनि छैन । चिया, कफी वा त्यत्तिकै पनि बसेर खेलहरु खेल्न वा हेर्न सकिने भट्टराईको भनाई छ ।

बारमा नेपालीदेखि विभिन्न देशका फरक-फरक खानाका परिकारहरु रहने गरी एकै पटकमा ३ सय जनासम्मलाई सेवा दिन सकिने बार सञ्चालक तथा म्यानेजर हरि पौडेलले बताए । पूर्वाहृन ११ बजेदेखि राति १२ बजेसम्मै सेवा दिइने उनले बताए ।

बारमा हाल लोकल ब्याण्डहरुले दैनिक मनोरञ्जन दिलाउँछन् । ग्राहकलाई थप मनोरञ्जन दिलाउन हरेक ३/३ महिनामा राष्ट्रिय स्तरको ब्याण्ड तथा कलाकारहरु ल्याएर प्रस्तुति पनि राखिने भट्टराईले जानकारी दिए ।

४ वर्ष अष्ट्रेलिया बसेर फर्किएका भट्टराई पर्यटन व्यावसायी हुन् । उनले विगत ६ वर्षदेखि लेकसाइडमा प्याराडाइज रेष्टुरेण्ट एण्ड बार सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment