Comments Add Comment

मेस्सीको हेरचाहमा बार्सिलोनाले हेलचेक्र्याईं गरेको अर्जेन्टिनी प्रशिक्षकको आरोप

Adguardo-Bauza

काठमाडौं । अर्जेन्टिनी फुटबल टोलीका प्रशिक्षक एडगार्डो बाउजाले आफ्ना सुपरस्टार लियोनल मेस्सी हेरचाहमा बार्सिलोनाले हेलचेक्र्याईं गरेको आरोप लगाएका छन् ।

नयाँ सिजनको सुरुवातदेखि नै मेस्सी एकपछि अर्को चोटमा परेका छन् । पहिला थाईको चोटबाट मुक्त भएपछि अहिले कम्मरको चोटका कारण कम्तिमा तीन साता उनी मैदानमा देखिने छैनन् ।

एथ्लेटिको मडि्रडबिरुद्धको खेलमा उनी चोटग्रस्त भएका थिए । अर्जेन्टिनी प्रशिक्षकका अनुसार केहि मिनेट उनलको व्यवस्थापन गर्न नसक्दा मेस्सी चोटग्रष्ट बनेका हुन् ।

आफ्ना सुपरस्टार घाइते बनेकोमा क्लवसँग प्रशिक्षक बाउजा रुष्ट बन्नुको कारण भने अर्जेन्टिनाले खेल्ने अघिल्ला दुई खेलमा मेस्सी सहभागी हुन सक्दैनन् । मेस्सीको उपस्थिति मात्रैले पनि अर्जेन्टिनाको प्रदर्शनमा ठूलो प्रभाव राख्छ ।

‘बार्सिलोनाले हामीलाई मेस्सीको राम्रो हेरचाह गर्न भनिरहेको हुन्छ, तर यथार्थमा उनीहरुनै मेस्सीको उचित हेरचाह गर्न सक्दैनन्,’ बाउजाले फक्स स्पोर्टससँग भने ।

बाउजाले भनेका छन् कि बार्सिलोनाको उपचार पद्धतिको पूर्ण रुपमा भरोसा गर्न सकिँदैन । उनी चोटका बारेमा मेस्सीसँग व्यक्तिगत कुरा गर्न चाहन्छन् ।

बार्सिलोनाका मेहिडल स्टाफले मेस्सीको दायाँ कम्मर नजिकैको हड्डीमा समस्या आएको औपचारिक पुष्टि गरेको छ । र उनी कम्तिमा ३ साता मैदानमा नदेखिने बार्सिलोनाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment