Comments Add Comment

नेपाल चेम्बर एक्स्पो काठमाडौंमा सुरु

७ असोज, काठमाडौं । नजिकिएको दसैं पर्वलाई लक्षित गरेर माउण्ट फुजी स्पि्रङ-नेपाल चेम्बर एक्स्पो काठमाडौंमा सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा शुक्रबार भृकुटीमण्डपमा सुरु भएको एक्स्पो उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे ।

एक्स्पोमा हस्तकला, कृषि, खाद्य, फर्निचर, पोशाक, निर्माण र छालाजन्य वस्तु तथा अटोमोबाइल र घर सजावटका सामाग्री राखिएका छन् ।एस्पोमा गाडी र इलेक्ट्रोनिक सामानहरु पनि राखिएका छन् । नेपाल र जापानबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा चेक्बरले जापानलाई सहयोगी मुलक राखेर एक्स्पो गरेको हो ।

जापानी सामान पनि एक्स्पोमा राखिएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । उनले नेपाली उत्पादनको बजारीकरण गर्ने तथा अन्तर्राष्ट्रिय व्यापारिक समुदायलाई सहभागी गराइ चलायमान आर्थिक वातावरणको विकास गर्ने उद्देष्यले एक्स्पो गरिएको बताए ।

असोज ११ गतेसम्म चल्ने एक्स्पोमा २ सय २० वटा स्टल राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment